Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकको शाखा ललितपुरको ढोलाहिटीम

सानिमा बैंकको शाखा ललितपुरको ढोलाहिटीम


ललितपुर । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा पनि शाखा खोलेको छ । बैंकले सोमबार ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको हो । उक्त कार्यालयको समुद्घाटन कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरू अपनाई ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंशआचार्य (मह जोडी)ले संयुक्तरूपमा गरेका हुुन् ।

समुद्घाटन समारोहमा मह जोडीले ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनिविश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेद्वाराबैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकको देशका सातै प्रदेशमा एक सय पाँचवटा शाखा कार्यालय र ९६ वटा एटीएम सञ्चालनमा रहेका छन् । बैंकले आर्थिक वर्ष २०७७–०७८ मा दुुई अर्ब २७ करोड ६४ लाख ९४ हजार चार सय ४२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्ले आवकोे सोही अवधिमा भने बैंककोे यस्तो नाफा एक अर्ब ७७ करोड ६२ लाख ६४ हजार पाँच सय २४ रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी नौ अर्ब ६८ करोड १६ लाख १९ हजार ८२ रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा एक खर्ब २८ अर्ब ४२ करोड ५८ लाख ६७ हजार एक सय ८१ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १८ अर्ब ९८ करोड ८३ लाख ३७ हजार एक सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब २७ करोड ६४ लाख ९४ हजार चार सय २६ रुपैयाँ रहेको बैंकमा शून्य दशमलव १६ प्रतिशत कर्जा निष्क्रिय छ । सो अवधिमा तीन दशमलव ७३ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ६८ करोड ९८ लाख १६ हजार एक सय नौ रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक खर्ब सात अर्ब २५ करोड दुुई लाख दुई हजार छ सय ८७ रुपैयाँ निक्षेप संकलन गरी ९० अर्ब ८५ करोड तीन लाख ५१ हजार तीन सय ९० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब १८ करोड ९६ लाख ९४ हजार तीन सय रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ४७ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x