मार्बुमा आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुँदै
दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा बर्थिङ सेन्टर र ल्याबसहितको १० बेडको आधारभूत स्वास्थ्य केन्द्र निर्माण भइरहेको छ । ग्रामीण भेगका नागरिकलाई स्वास्थ्यमा पहुँच दिने उद्देश्यले वडामा १० बेडको स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको हो ।
लामो समयदेखि गाउँबाट टाढा रहेका अस्पताल पुगेर सुत्केरी गराउँदै आएका महिलाहरुलाई गाउँमै सो सेवा उपलब्ध गराउने उद्देश्यले ल्याब र बर्थिङ सेन्टर स्थापना गर्न लागिएको वडा अध्यक्ष रेशम राजस्वराज रिमालले जानकारी दिए । उनका अनुसार प्रदेश सरकार र केही सहयोगी संस्थाको सहयोगमा स्वास्थ्य केन्द्र निर्माण भइरहेको छ । भवन निर्माण गर्न प्रदेश सरकारले ६० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । यस्तै सहयोगी संस्था विकास समाज नेपालको थप ६० लाख आर्थिक सहयोग गरेको रिमालले जानकारी दिए । हाल सो भवन निर्माणको काम तीव्र गतिमा भइरहेको छ । भवन निर्माणको जिम्मा वडाले गाउँका स्थानीय उपभोक्तालाई दिएको छ ।
भवनको निर्माण गत वर्षको माघदेखि सुरु गरिएको हो । उपभोक्ता समितिले आगामी जेठमा भवनको निर्माण सम्पन्न गरेर वडालाई हस्तान्तरण गर्ने जनाएको छ । स्वास्थ्य केन्द्रमा राखिने ल्याबबाट ग्रामीण भेगका नागरिकले निःशुल्क स्वास्थ्य सेवाको उपभोग गर्न पाउनेछन्
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया