दोलखामा ४५ हजार नागरिकलाई कोरोनाविरुद्धको पूर्ण मात्राको खोप
दोलखा । कोरोना भाइरसविरुद्धको पूर्ण मात्रको खोप लगाउने मानिसको संख्या दोलखामा हालसम्म ४५ हजार एक सय ६६ पुगेको छ । जिल्लाका नौवटै स्थानीयतहको तथ्यांकअनुसार बिहीबारसम्म उक्त संख्यामा पूर्ण मात्रको खोप लगाएको जिल्ला स्वास्थ कार्यालय दोलखाले जनाएको छ । त्यसैगरी हालसम्म जिल्लामा ४७ हजार छ सय ९० जनाले कोभिड १९ विरुद्धको पहिलो मात्रको खोप लगाएका छन् ।
दोलखामा पहिलो र दोस्रो मात्राको खोप लगाउने मानिसको संख्या भने ९२ हनार आठ सय ५७ रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार दोलखाका नौवटै स्थानीय तहमा कोभिड १९ विरुद्धको खोप लगाउने अभियान जारी छ । बुधबार बिहानसम्म जिल्लाको भीमेश्वर नगरपालिकाका १३ हजार आठ सय ३६ जनाले कोभिड १९ विरुद्धको पहिलोे मात्राको खोप लगाएका छन् भने, नौ हजार छ सय ७९ जनाले दोस्रो मात्राको खोप लगाएका छन ।
त्यसैगरी जिरी नगरपालिकाभित्रका चार हजार जनाले कोभिड १९ विरुद्धको पहिलो मात्राको खोप लगाएका छन भने तीन हजार छ सय १८ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । त्यस्तै गौरिशंकर गाउपालिकामा चार हजार आठ सय ९८ जनाले पहिलो मात्राको र पाँच हजार दुई सय ८९ जनाले दोस्रो मात्राको, बिगु गाउँपालिकाका चार हजार नौ सय ९० जनाले पहिलो र पाँच हजार ४३ जनाले दोस्रो मात्रा, कालिञ्चोक गाउपालिकामा पाँच हजार एक सय ७३ जनाले पहिलो र पाँच हजार दुई सय ६४ जनाले दोस्रो मात्राको खोप लगाएका छन् ।
यसैगरी शैलुङ गाउँपालिकामा तीन हजार हजार एक सय ८५ जनाले पहिलो र तीन हजार नौ सय १८ जनाले दोस्रो मात्रा, मेलुङ गाउँपालिकामा तीन हजार दुई सय ८३ जनाले पहिलो र तीन हजार छ सय ७६ जनाले दोस्रो मात्रा, तामाकोशी गाउँपालिकाभित्रका चार हजार एक सय ७० जनाले पहिलो र तीन हजार पाँच सय ४९ जनाले दोस्रो मात्रा र बैतेश्वर गाउँपालिकामा तीन हजार पाँच सय ४९ जनाले पहिलो र चार हजार एक सय ३० जनाले कोभिड १९ विरुद्धको दोस्रो मात्राको खोप लगाएका छन् । यो संख्या कोरोनाविरुद्धको कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सनको पहिलो र दोस्रो मात्रा लगाउनेहरूको जम्मा संख्या हो ।
एक लाख ८६ हजार पाँच सय ५७ जनसंख्या रहेको दोलखा जिल्लामा तीस हजार बढी मानिसले दोलखा बाहिरबाट कोरोनाविरुद्धको खोप लगाएको पाइएको छ । जिल्लामा अब करिब ४५ प्रतिशत मानिसलाई खोप लगाउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । दोलखा बिहीबारबाट १८ वर्ष उमेरमाथिका विद्यार्थी र ४० वर्षमाथिका थप नागरिकलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको छ । पछिल्लो पटक आएको खोप लगाउने अभियान आइतबार अर्थात् ११ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया