परिसंघमा पूर्वाधार र प्रदेश तथा जिल्ला समन्वय समिति गठन
काठमाडौं । नेपाल उद्योग परिसंघअन्तर्गत पूर्वाधार समिति र प्रदेश तथा जिल्ला समन्वय समिति गठन भएको छ । परिसंघले आफ्ना गतिविधि विस्तार गर्ने क्रममा दुई नयाँ समिति गठन गरेको हो । परिसंघअन्तर्गतको पूर्वाधार समितिको नेतृत्व परिसंघका राष्ट्रिय परिषद् सदस्य आशिष गर्गको सभापतित्वमा समिति गठन भएको हो । परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे समितिमा कोअर्डिनेटिङ उपाध्यक्ष छन् ।
समितिले नेपालामा पूर्वाधार विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकासँग मिलेर काम गर्नेछ । यसैगरी नेपालमा आवश्यक पूर्वाधार विकासको क्षेत्रमा पैरवी पनि समितिले गर्नेछ । समितिको सदस्यहरूमा अमुन थापा, आनन्द सुवेदी, अनुप उप्रेती, कमल पाण्डे, वर्षा श्रेष्ठ, वसन्तबहादुर चन्द, विद्यावारिधि सिग्देल, गणेश कार्की, गुरुप्रसाद न्यौपाने, मनिष खेमका, निकोलस पाण्डे, रामकृष्ण खतिवडा, सुधीर मित्तल र ताराप्रसाद पौडेल रहेका छन् ।
यसैगरी परिसंघले प्रदेश र जिल्लाहरूमा आफ्नो उपस्थिति बलियो बनाउने र प्रदेश एवं जिल्ला उद्योग परिसंघको भूमिका सक्रिय बनाउने उद्देश्यले राष्ट्रिय परिषद् सदस्य लक्ष्मीप्रसाद सुवेदीको सभापतित्वमा प्रदेश एवं जिल्ला समन्वय समिति गठन गरेको छ । परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी समितिको कोअर्डिनेटिङ उपाध्यक्ष छन् । समितिको सहसभापितमा एजाज आलम रहेका छन् ।
समितिले प्रदेश एवं जिल्ला तहमा नीतिगत छलफल एवं अन्तक्र्रिया गर्ने, प्रदेशहरूमा उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि कानुन तर्जुमामा पहल गर्ने र परिसंघले अघि बढाएको मेक इन नेपाल – स्वदेशी अभियान अघि बढाउने उद्देश्य समितिले राखेको छ । समितिको सदस्यहरूमा भीम घिमिरे, नरेश दास, ऋषिराम घिमिरे, विनोदकुमार न्यौपाने, पूर्णप्रसाद आचार्य, हेमविक्रम थापा, ताराप्रसाद पौडेल, सुरजभक्त पौडेल, भेषराज दुवाडी, बाबुराम बोहरा, राजु पौडेल, लेखराज पोखरेल, सुरेशबहादुर श्रेष्ठ र कृष्णप्रसाद शर्मा सदस्य रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया