नाडाको साधारणसभा र निर्वाचन मंसिर महिनामा हुने
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५औँ वार्षिक साधारणसभा तथा निर्वाचन मंसिरमा हुने भएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी मंसिर २२ र २३ गते होटल सोल्टीमा साधारणसभा तथा निर्वाचन गर्ने निर्णय गरेको हो ।
नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्षलगायत संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्यसमितिको निर्वाचन हुनेछ । नाडाले सातवटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एसोसिएसन समेत गठन गरिसकेको जनाएको छ । सो बैठकमा अध्यक्ष दुलालले नाडाको ट्राफिक जनचेतनासम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन नाडाका सातवटा प्रदेशस्तरीय एसोसिएसनका अध्यक्षहरुलाई ट्राफिक ज्याकेटलगायत, जनचेतनामूलक स्टिकर र कोभिडविरुद्धको मास्क समेत हस्तान्तरण गरेको नाडाले जनाएकोे छ ।
नाडाका अनुसार ती सामानहरु नाडाका प्रदेश एसोसिएसनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरुमार्फत वितरण गर्नेछन् । नाडाले गत भदौ २५ गते त्रिपुरेश्वर चोकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरु वितरण गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया