बैंकिङ क्षेत्रको निक्षेपमा गिरावट
कुल निक्षेप ४७ खर्ब २४ अर्ब पुग्दा कर्जा रकम ४३ खर्ब ६८ अर्ब
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा पछिल्लो समय गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा बैंकिङ प्रणालीको कुल निक्षेपमा एक दशमलव छ प्रतिशतले कमी आएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप शून्य दशमलव एक प्रतिशतले कमी आएको थियो । राष्ट्र बैंकका गत साता सम्ममा भने बैंकिङ क्षेत्रको कुल निक्षेप ४७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । सोमध्ये २७ वटा वाणिज्य बैंकहरुमा मात्र रहेको कुल निक्षेप ४१ खर्ब ७९ अर्ब रुपैयाँ रहेको छ । यस अवधिमा क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरुमा रहेको कुल निक्षेप रकम भने पाँच खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०७८ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १९ दशमलव छ प्रतिशतले बढेको छ । चालू आवको पहिलो महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः सात दशमलव आठ प्रतिशत, ३४ दशमलव तीन प्रतिशत र ४९ दशमलव पाँच प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष यस्तो अंश क्रमशः सात दशमलव सात प्रतिशत, ३२ दशमलव दुई प्रतिशत र ५० दशमलव छ प्रतिशत रहेको थियो । यसैगरी चालू आवको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४१ दशमलव चार प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने यस्तो निक्षेपको अंश ४३ दशमलव आठ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक दशमलव दुई प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा शून्य दशमलव पाँच प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २९ दशमलव चार प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार गत साता अर्थात् यही असोज ६ गतेसम्ममा भने बैंक तथा फाइनान्स कम्पनीहरुमा रहेको कुल कर्जा रकम ४३ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । सोमध्ये वाणिज्य बैंकहरुमा मात्र रहेको कुल कर्जा रकम ३८ खर्ब ९१ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक तथा फाइनान्स कम्पनीहरुमा रहेको कुल कर्जा रकम चार खर्ब ७७ अर्ब रुपैयाँ रहेको छ ।
चालू आवको पहिलो महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह एक दशमलव एक प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह दुई प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह एक दशमलव छ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । २०७८ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव दुई प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२ दशमलव आठ प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ ।
राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६ दशमलव एक प्रतिशत र १२ दशमलव सात प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७८/०७९ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा दुई प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा एक दशमलव चार प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा एक दशमलव तीन प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा एक प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा शून्य दशमलव पाँच प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा शून्य दशमलव चार प्रतिशतले बढेको छ ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा दुई प्रतिशतले, ओभरड्राफ्ट कर्जा एक दशमलव चार प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा शून्य दशमलव सात प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) एक दशमलव पाँच प्रतिशतले, मार्जिन प्रकृति कर्जा दुई दशमलव एक प्रतिशतले र हायर पर्चेज कर्जा एक दशमलव आठ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा ट्रष्ट रिसिट अर्थात् आयात कर्जा भने शून्य दशमलव चार प्रतिशतले घटेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया