Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगविश्व पर्यटन दिवसको सान्दर्भिकता

विश्व पर्यटन दिवसको सान्दर्भिकता


काठमाडौं । विश्वभरि हरेक वर्ष सेप्टेम्बर २७ का दिन अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइन्छ । यस वर्ष ४२औँ विश्व पर्यटन दिवस नेपाललगायत संसारभरि नै मनाइन्छ । यसरी हरेक वर्ष नेपालको हिमशयलमा रमाउन, हिमालहरू आरोहण गर्न, पदयात्रा गर्न, धार्मिक पर्यटनको रूपमा, अनि अन्य विभिन्न कुराहरू अवलोकन गर्न लाखौँ पर्यटकहरू नेपाल आउने गर्दछन्, तर पर्यटनको अधिक सम्भावना हुँदाहुँदै पनि नेपालले पर्यटनबाट उचित लाभ लिन सकेको छैन ।

सर्वप्रथम पर्यटनको सुरुवात गर्नेमा मार्को पोलो, भास्को डिगामा, क्याप्टेन कुकलगायतहरू, जसको अन्वेषण र भ्रमणले संसारमा संस्कार, सभ्यता र विकासको लहर फैलाएका थिए । तसर्थ उनीहरू पनि एक हिसाबले नयाँ कुरा पत्ता लगाउन र नयाँ ठाउँको खोज खबर गर्न निस्केका थिए । उनीहरूले गर्दा नै हाल संसारलाई घुमभिर गर्नुपर्छ भन्ने भावनालाई उजागर गरेर थिए । जसले गर्दा आज आएर संसार भ्रमण क्रममा ज्ञान विज्ञान, नयाँ कुरालगायत विभिन्न कुरा सिक्ने मौका मिलेको छ ।

अर्कोतर्फ हेर्ने हो भने पर्यटनले गर्दा देशमा विदेशी मुद्राको आर्जन, रोजगारीको सिर्जना, सार्वजनिक र व्यक्तिगत आयको स्रोत, सांस्कृतिक आदानप्रदान अनि राष्ट्रको छवि बढाउन सहयोग पुगेको छ । मूलतः सन् २०१८ मा नेपाल आउने कुल पर्यटकको संख्या ११ लाख ७३ हजार ७२ रहेको र तिनको नेपालमा औसत बसाइ १२ दशमलव ४ दिन मात्र रहेको पाइन्छ ।

त्यसरी नै सन् २०१९ मा हवाइ मार्गबाट नौ लाख ९५ हजार आठ सय ८४ जना पर्यटनहरू आएका थिए भने सतह मार्गबाट भने दुई लाख एक हजार तीन सय सात जना गरी जम्माजम्मी ११ लाख ९७ हजार एक सय ९१ जना पर्यटनहरू आएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । यसमा पुरुषको संख्या भने छ लाख २६ हजार आठ सय ६६ जना छ भने महिनाको संख्या पाँच लाख ७० हजार तीन सय २५ रहेको छ ।

त्यस्तै गरी नेपालमा सन् २०२० मा भने विश्वव्यापी कोरोना महामारीको कारणले गर्दा देशमा आउने पर्यटनहरू ८१ दशमलव ६ प्रतिशतले घटेको तथ्यांकमा देखिन्छ । जसमा हवाइमार्गबाट एक लाख ८३ हजार एक सय ३० जना पर्यटक आएका थिए भने सतहमार्गबाट भने ४६ हजार नौ सय ५५ जना गरी जम्मा जम्मी दुई लाख ३० हजार ८५ जना पर्यटकहरू आएको तथ्यांकले देखाएको छ । जसलाई प्रतिशतमा हेर्ने हो भने सन् २०१९ तुलनामा सन् २०२० मा ७६ दशमलव सात प्रतिशतले कमी आएको तथ्यांकबाट स्पष्ट रूपमा देखिन्छ ।

पर्यटन विश्वकै सर्वाधिक ठूलो व्यवसाय हो । यस वर्ष विश्वव्यापी कोरोनाको कहरबाट संसारलाई हचलच गराइरहेको अवस्था रहेको छ । यसमा नेपाल पनि अछुतो रहन भने सकेको छैन । भनिन्छ, अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन् । हाम्रो देश एउटा पर्यटकीय गन्तव्य हो, हिमश्रृंखलाहरू, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधतालगायत शान्तिप्रिय बुद्धभूमिका शालीन हामी नेपालीहरू नै नेपालको गहना हो । यसरी यस व्यवसायमा लाग्ने झण्डै दश लाख व्यक्तिहरूलाई असर पु¥याएको छ । यसमा सम्बन्धित हरेक क्षेत्रहरू नराम्रोसँग थलापरेका छन् । फलतः एक देशबाट अर्को देशमा प्राकृतिक दृश्य अवलोकन गर्ने, व्यापारी, धार्मिक, राजनीतिक, सामाजिक, आर्थिक विभिन्न किसिमको उद्देश्यले भ्रमण गर्ने व्यक्ति नै पर्यटक हो ।

हाम्रो देशमा रहेको संसारको सबैभन्दा अग्लो सगरमाथा र भगवान् बुद्ध देशमा विश्वका हरेक देशबाट नेपालमा पर्यटनको धुइरो लाग्ने गर्दछ । यी विविध कारणहरूले गर्दा राष्ट्रमा आर्थिक विकासमा पर्यटन पनि एक मुख्य स्रोतको रूपमा रहेको छ । देशको बाह्य विश्वसँग आफ्नो निर्यात व्यापार नहुँदा र नेपालीहरू विभिन्न देशमा गएर रेमिट्यान्स आर्जन नगर्दासम्म पर्यटन नै वैदेशिक मुद्रा आजको प्रमुख स्रोतको रूपमा रहेको थियो । हाल पनि पर्यटनले देशको कुल गार्हस्थ्य उत्पादनमा ३÷४ प्रतिशत योगदान गरिरहेको छ । पर्यटन क्षेत्रको वास्तविक विकास गर्ने हो भने योभन्दा बढी विदेशी मुद्रा आर्जन गर्न सकिने प्रबल सम्भावना छ ।

सन् १९६० को दशकमा सुरु भएको मुलुकको पर्यटन क्षेत्र अझै उद्योगको रूपमा विस्तारित हुन नसक्नुलाई विडम्बना नै मान्नु पर्छ । अतः देशमा आउने पर्यटकको संख्यामा मात्र वृद्धि गरिएर हुँदैन । उनीहरूको संख्याको साथै खर्चमा वृद्धि गर्ने वातावरण नबढेसम्म पर्यटक आगमनले कुनै आर्थिक लाभ प्राप्त हुन सक्दैन । देशमा के–कसरी बढीभन्दा बढी पर्यटक भित्र्याउने भन्ने विषयमा नीति निर्मातादेखि पर्यटन व्यवसायीहरूको ध्यान जानुपर्छ । ती पर्यटकहरू गुणस्तरीय हुन कि हैनन्, तिनको खर्च गर्ने क्षमता के–कस्तो छ भन्ने विषयमा कमै मात्र ध्यान पु¥याइएकोले संख्या बढे पनि देशले पर्यटन क्षेत्रबाट गर्ने आयमा खासै वृद्धि हुन सकेको छैन । यसमा दिनमा १० डलर पनि खर्च नगर्ने पर्यटकबाट नेपालजस्तो गन्तव्यले के आशा गर्ने अर्कोतिर पर्यटकहरू बसाइ अवधि पनि बढाउन सकेका छैनौँ ।

समग्रमा भन्नुपर्दा पर्यटन व्यवसाय वास्तवमा संसारको सबैभन्दा ठूलो अर्थ उपार्जन गर्ने उधोग पनि हो । यसको साथसाथै पृथ्वीभरिका विभिन्न स्थानहरूको सौन्दर्य र विविधता अवलोकन गर्न सक्नु नै अन्तराष्ट्रिय पर्यटन दिवसको महत्व झल्किनेछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x