जर्मनीमा मतदान हुँदै, १६ वर्षपछि चान्सलर मर्केल नेतृत्वबाट बाहिरिँदै
बर्लिन । जर्मनीमा आइतबार संघीय संसदका लागि मतदान भएको छ । सन् २००५ पछि निरन्तर सत्तामा रहेकी चान्सलर एङ्गेला मर्केलले यही निर्वाचनपछि राजनीतिबाट विदा लिन बताएकी छिन् ।
अठसट्ठी बर्षिया चान्सलर मर्केलले चुनाव नै नलड्ने घोषणा गरिसकेकी छिन् । नयाँ चान्सलरका लागि सत्तारुढ क्रिश्चियन डेमोक्रेटिक पार्टीका आर्मिन लासेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालेना बेएरबोक चान्सलर पदका आकांक्षीका रूपमा चर्चामा छन् ।
लामो समयपछि नेतृत्व फेरिने भएकोले विश्व समुदायले जर्मनीको निर्वाचनलाई विशेष चासो र महत्वका साथ हेरेको छ । मर्केलको उत्तराधिकारीको रुपमा नयाँ चान्सलरको बन्ला भन्ने चासो देशभित्र र बाहिर समेत रहेको छ । छ करोड मतदाता रहेको चुनाव पहिले भएका मत सर्वेक्षणहरूले पनि स्पष्ट तस्बिर देखाउन नसकेका बताउने गरिएको छ ।
नेतृत्वका लागि लासेट, लिन्डनर, केएरबोकबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । संसदको तल्लो सदन ‘बुन्डेस्ट्याग’ मा भने कसैको पनि एकल बहुमत नआउने सर्वेक्षणहरूले देखाएका छन् । कुनै पनि दलको बहुमत नआएको खण्डमा गठबन्धन सरकार गठन र नयाँ चान्सलर चयन लम्बिन सक्ने भएकाले अझै केही महिना मर्केल नै सत्तामा रहन सक्ने आँकलन पनि विश्लेषकहरुले गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया