डब्लुएचओले कोभिड उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने
न्युयोर्क । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ । अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार वाल स्ट्रीट जर्नलको रेपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य सङ्गठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यसबारे थप नयाँ प्रमाण खोज्नको लागि भेला गर्दै छ।
उक्त रिपोर्टअनुसार कोभिड–१९ को उत्पत्तिबारे चिनियाँ वैज्ञानिकहरूले दिएको प्रमाण अपर्याप्त छ । रिपोर्ट मा भनिएको छ, ‘वैज्ञानिकहरूको नयाँ समूह जसमा प्रयोगशाला सुरक्षा, जैविक सुरक्षा विशेषज्ञहरू र आनुवंशिक विशेषज्ञहरू समेत सम्मिलित छन् उनीहरूले कोरोना भाइरस प्रयोगशालाबाट बाहिरएको हो वा होइन भन्ने विषयमा गम्भीर अध्ययन–अनुसन्धान गर्नेछन् । उक्त अध्ययनले यस किसिमका भाइरस संक्रमणको भविष्यमा हुन सक्ने जोखिमलाई समेत केन्द्रमा राखेर प्रतिवेदन तयार पार्नेछ ।
स्वास्थ्य सङ्गठनले यस नयाँ पहलले अनुसन्धानलाई छिटो गर्न र जोखिम कम गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गरेको छ । यसअघि अगस्टमा अमेरिकाले कोभिड भाइरसको उत्पत्ति बारे एउटा रिपोर्ट जारी गरेको थियो उक्त रिपोर्टलाई बेइजिङले पूर्णरूपमा राजनीतिक भएको र कुनै वैज्ञानिकता र विश्वसनीयता नभएको भन्दै अस्वीकार गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया