नेपालको आर्थिक तथा सामाजिक विकासमा कोरोनाको प्रभाव
काठमाडौं । नेपाल दक्षिण एसियामा अवस्थित भूपरिवेष्ठित मुलुक हो । नेपाल २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षाशं र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । नेपाल विश्वको कुल भू–भागको शून्य दशमलव ०३ प्रतिशत, एसिया महादेश को शून्य दशमलव ३ प्रतिशत र दक्षिण एसियाको ३ प्रतिशत भू–भाग ओगटेको छ । नेपाल एसियाका दुई ठूला मुलुकहरू भारत र चीनको बीचमा पर्दछ । यो समुद्र तथा बंगालको खाडीदेखि करिब ११ सय २७ किलोमिटर टाढा पर्दछ । नेपालको क्षेत्रफल एक लाख ४७ हजार एक सय ८१ वर्ग किलोमिटर रहेको छ । अर्थात् ५६ हजार आठ सय २७ वर्गमाइल रहेको छ । नेपालको पूर्व–पश्चिम लम्बाइ आठ सय ८५ किलोमिटर र उत्तर–दक्षिण चौडाइ सरदर एक सय ९३ किलोमिटर रहेको छ । यसको दक्षिणमा भारतको विहार र उत्तर प्रदेश, पश्चिममा भारतको उत्तराखण्ड राज्य, पूर्वमा पश्चिम बंगाल र सिक्किम राज्य र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत रहेको छ ।
नेपालको प्रमाणिक समय दोलखा जिल्लामा पर्ने गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानि निर्धारण गरिएको छ । नेपालको समय ग्रीनवीच मानक समयभन्दा पाँच घन्टा ४५ मिनेट छिटो छ । यो समय २०४२ साल वैशाख १ गतेदेखि लागू गरिएको हो । छ हजार मिटर वा सोभन्दा अग्ला चुचुराहरू १३ सयभन्दा बढी छन् । मुस्ताङमा मात्र यस्ता लगभग तीन सय एक चुचुराहरू रहेका छन् । नेपालमा हिमालका साथै कोशी, गण्डकी, कर्णालीजस्ता ठूला–ठूला नदीहरू र रारा, फेवा, गोसाइँकुण्डजस्ता सुन्दर तालहरू पनि रहेका छन् । भू–स्वरूपको विविधताको साथै जलवायु र मौसमको अत्यधिक विभिन्नाताको कारणले गर्दा उष्ण, अर्धोष्ण, र सूक्ष्म तापीय, टाइग्रा तथा टुन्द्रा प्रकारका जलयायु नेपालमा पाइन्छन् ।
नेपालको भौतिक स्वरूपमा उचाइगत विविधताले भौगोलिक विभिन्नताको अवस्था सिर्जना गरेको छ । विश्व मानचित्रमा नेपाल सगरमाथाको देश, गौतम बुद्धको जन्मस्थल लुम्बिनीको देश, तेस्रो ध्रुवको देश तथा विशिष्ट भण्डाको देशको रूपमा समेत परिचित छ । नेपालको भौगोलिक विभाजन विभिन्न आधारमा विभिन्न किसिमले गरिएको पाइन्छ । धरातलको आधारमा नेपालको भू–भागलाई उत्तरदेखि दक्षिणसम्म क्रमशः तीन बृहत् प्रदेशमा विभाजन गर्न सकिन्छ ।
नेपालको उत्तरी भेगमा दाँतका लहरजस्तै पङ्तिबद्ध रूपमा अवस्थित हिउँ र चट्टानले निर्मित हिमाली क्षेत्रले नेपालको १५ प्रतिशत भूू–भाग समेटेको छ । करिब २५ देखि ५० किलोमिटर उत्तर–दक्षिण चौडाइभित्र फैलिएको हिमाली प्रदेश समुद्र सतहदेखि करिब तीन हजार मिटरमाथिको उचाइमा अवस्थित छ । हिमालय नेपालको उत्तरपट्टी मात्र नभई उत्तरी नेपाल सरदहबाट दक्षिणतिर हिमाली श्रृङ्खला देखिने नेपालका धेरै भू–भागहरू छन् । जस्तै अन्नपूर्ण र गंगापूर्ण हिमालको उत्तरपट्टी मनाङ, मुस्ताङ, आदि नेपालका क्षेत्र पर्दछन् । धवलागिरी चुरे हिमालयको उत्तरमा मुस्ताङ तथा डोल्पाका भू–भाग पर्दछन् । ती क्षेत्रहरूबाट हिमालय दक्षिणतिर देखिन्छ ।
विश्वका उच्चतम र मनोरम हिमाली टाकुराहरू नेपालको हिमालयखण्डमा छन् । कञ्चनजंघा, जनक, उम्बक, महालङ्गुर, रोल्पालिङ, पुमरी, जुगल, लाङटाङ, गणेश, सेराङ, कुटाङ, मनसिरी, पेरो, लुगला, दामोदर, निलगिरी, अन्नपूर्ण, धवलागिरी, मुस्ताङ, गौतम, पालचुङ हमगा, कान्जिरोवा, कान्ति, गोरखा, चाङगला, चण्डी, नालाकंकरु गुराँस, पूर्वदेखि, क्रमशः पश्चिमसम्म फैलिएका प्रसिद्ध २८ हिम श्रृंखलाहरू हुन् । यी श्रृंखलाहरू अधिकतर भोट (तिब्बत)का सीमावर्ती क्षेत्रमा रहेका छन् ।
नेपालको लगभग १९ दशमलव ७ प्रतिशत ओगट्ने उच्च पर्वतको दक्षिणमा मध्य प्रदेश र उत्तरमा उच्च हिमाल पर्दछ । यस क्षेत्रका सबैजसो मुख्य उपत्यका हिमनीग्रस्त छन् । नदीले पिँध कटान बढी गरेको फलस्वरूप नदी ढलान गल्छेडा र गल्छी बनेका छन् । डाँडाको टुप्पो र उपत्यकाको फेदसम्म दुई मिटरभन्दा बढी उचाइमा भिन्नता रहेको छ । यो क्षेत्रको ५० प्रतिशत भाग कुनै पनि खेतीका लागि काम लाग्दैन । बाँकी ५० प्रतिशत भू–भागमध्ये ३४ प्रतिशत भू–भागमा खेतीका लागि अपर्याप्त पातलो माटो छ भने १६ प्रतिशत भू–भागले मात्र खेती धानेको छ । यस्तो दुई लाख हेक्टर जमिनमा पनि ४० प्रतिशतमा मात्र राम्ररी खेती गर्ने गरिन्छ । हिमाली क्षेत्रमा नेपालका पूर्वदेखि क्रमशः ताप्लेजुङ, संङखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुुला, धादिङ, रामेछाप, गोरखा र रूकुम–पूर्व गरी २० जिल्ला पर्दछन् । हिमाली प्रदेशलाई निम्नलिखित तीन क्षेत्रमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ।
कोभिड १९ महामारीबाट नागरिकको जनस्वाथ्य तथा जीवन रक्षाको लागि पीसीआर परीक्षण र कोभिड उपचार निःशुल्क गरिनुका साथै कोभिड १९ विरूद्धको खोप अभियानअन्तर्गत २०७८ वैशाख १५ सम्म कोभिसिल्ड र भेरोसेल गरी २० लाख ९१ हजारलाई पहिलो मात्रा खोप र तीन लाख ३२ हजारलाई दोस्रो मात्रा खोप लगाइएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा कोभिड १९ महामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलो पटक २ दशमलव १२ प्रतिशतले ऋणात्मक रहेको छ । जुन आर्थिक वर्ष २०७१/७२ मा गएको विनाशकारी भूकम्पबाट सिर्जित आर्थिक क्षतिभन्दा उच्च हो स्वाथ्य संकटको अवस्थामा क्रमशः सुधार आउने अपेक्षासहित नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्षमा ४ दशमलव ०१ प्रतिशत रहने अनुमान गरिएकोमा चालू आर्थिक वर्षको तेस्रो चौमासिकबाट तीव्र गतिले फैलिरहेको कोभिड १९ को दोस्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण रहेको छ ।
कोभिड १९ महामारीको कारण आर्थिक वर्ष २०७६/७७ मा कर्णली र सुदूरपश्चिम प्रदेशबाहेकका सबै प्रदेशको आर्थिक वृद्धिदर ऋणात्मक रहेकोमा चालू आर्थिक वर्ष २०७७/२०७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर ३ दशमलव ५ प्रतिशतभन्दा उच्च रहने अनुमान छ । यस अवधिमा तुलनात्मक रूपमा आर्थिक वृद्धिदर सबैभन्दा बढी बागमती प्रदेशको ४ दशमलव ६५ प्रतिशत र सबैभन्दा कम प्रदेश नं २ को ३ दशमलव ५२ प्रतिशत रहने अनुमान छ । यद्यपि पछिल्लो समयमा कोभिड १९ को दोस्रो लहर तीव्र गतिमा फैलिरहेको हुँदा चालू आर्थिक वर्षका लागि अनुमानित प्रदेशगत आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको छ ।
चालू आर्थिक वर्ष २०७७/७८ मा कृषि, उद्योग तथा सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि क्रमशः २ दशमलव ६ प्रतिशत, ५ प्रतिशत र ४ दशमलव ४ प्रतिशतले वृद्धि हुने अनुमान छ । त्यसैगरी चालू आर्थिक वर्षको कुल मूल्य अभिवृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमश २५ दशमलव ८ प्रतिशत, १३ दशमलव १ प्रतिशत, र ६१ दशमलव १ प्रतिशत रहने अनुमान छ । चालू आर्थिक वर्षमा धानको उत्पादन १ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को अनुमानित राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन ४२ खर्ब ६६ अर्ब ३२ करोडमध्ये बागमती प्रदेशको अंश सबैभन्दा बढी ३७ दशमलव ७ प्रतिशत र कर्णाली प्रदेशको अंश सबैभन्दा कम ४ प्रतिशत रहने अनुमान छ ।
कोभिड १९ बाट प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्योग क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीमा सहयोग पु-याउने उदेश्यले यसै वर्ष सुरु गरिएको व्यावसायिक निरन्तरता कर्जा २०७७ फागुन मसान्तसम्म २० करोड ८८ लाख प्रवाह भएको छ । कोभिड १९ का कारण उत्पन्न असहज परिस्थितिमा पनि आर्थिक गतिविधि चलायमान बनाउन र समष्टिगत आर्थिक व्यवस्थापन सहजीकरण गर्ने उद्देश्यअनुरूप कर्जा भुक्तानी अवधिको म्याद थप, कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको व्यवस्था गरिएको छ । ऋणीहरूलाई चालू पुँजी कर्जाको अधिकतम २० प्रतिशतसम्म र आवधिक कर्जाको अधिकतम १० प्रतिशतसम्म थप कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको छ । पुँजीबजारप्रति लगानीकर्ताको आर्कषण बढ्दै गएको छ ।
२०७६ फागुन मसान्तमा १३ सय ७७ दशमलमव २ बिन्दुमा रहेको नेप्से सूचकांक २०७७ फागुन मसान्तमा २४ सय ५८ दशमलव ५ बिन्दुमा पुगेको छ । बीमा व्यवसायको दायरा विस्तार भएको छ । आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म बीमा व्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले वृद्धि भई पाँच खर्ब दुई अर्ब ७० करोड पुगेको छ । चालू आर्थिक वर्षको फागुनसम्म एक खर्ब दुई अर्ब ४० करोड बीमा शुल्क संकलन भएको छ ।
चीनको उहान सहरमा २०७६ पुसको पहिलो हप्तामा कोरोनाको नयाँ संक्रमण भएको थाहा भयो । चीन सरकारले पुस १५ मा विश्व स्वास्थ्य संगठनलाई जानकारी गरायो । यो संक्रमण चीनलगायत थुप्रै देशहरूमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले माघ १६ मा अन्तर्राष्ट्रियस्तरको जनस्वास्थ्य विपत् घोषणा ग¥यो । नयाँ कोरोनाको नामले चिनिने यो रोगलाई विश्व स्वास्थ्य संगठन ले २८ माघमा कोभिड १९ नामकरण ग¥यो । यसको फैलावट विश्वव्यापी हुन थालेसँगै २८ फागुनमा संगठनले विश्वव्यापी महामारीको घोषणा ग¥यो ।
कोभिड १९ को संक्रमण भएपछि ज्वरो आउने, शरीर शिथिल हुने र सुक्खा खोकी लाग्ने हुन्छ । अधिकांशलाई सामान्य लक्षणहरू मात्र देखिन्छन् तर छ जनामा एक जनालाई सास फेर्न गाह्रो हुने हुन्छ र केहीलाई अस्पताल भर्ना गर्नुपर्ने पनि हुनसक्छ । यसका साथै बासना गन्ध थाहा नपाउने, स्वाद थाहा नपाउने र वान्ता हुनेजस्ता लक्षणहरू पनि देखिन्छन् ।
कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा मुख र नाकबाट निस्किएको थुक वा सिंगानका स–साना थोपा र छिटा स्वस्थ व्यक्तिको नाक, मुख र आँखामार्फत शरीरभित्र प्रवेश गरेपछि संक्रमण हुन्छ । त्यसैले संक्रमित व्यक्तिबाट कम्तीमा एक मिटर टाढा रहने र साबुनपानीले हात धुने, हातले नाक, आँखा र मुख नछुने गरेमा यो रोगबाट बच्न सकिन्छ । विश्वमा ५७ लाखभन्दा बढी मानिसहरूमा संक्रमण भइसकेको छ । प्रायः सबै मुलुकमा फैलिएको कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा सिंगो विश्व लागेको छ । यसका विरुद्धको औषधि, खोप र जनस्वास्थ्यका अन्य उपायहरू पत्ता लगाउन व्यापक अनुसन्धान र ज्ञानको आदान प्रदान भइरहेको छ ।
तथ्यांकअनुसार नेपालको ४७ लाख हेक्टर खेतीयोग्य जमिनमध्ये ३० लाख ९१ हेक्टरमा मात्र खेती गरिएको छ । कृषिको क्षेत्रफललाई नियाल्दा हिमाली क्षेत्रमा ३५ प्रतिशत, पहाडी क्षेत्रमा ४२ प्रतिशत र तराई क्षेत्रमा २३ प्रतिशत मात्र छ । कुल खेतीयोग्य जमिनको लगभग २० देखि २५ प्रतिशत जमिन बाँझो रहेको छ । यसरी बाँझो हुनुमा खासगरी वैदेशिक रोजगारीका लागि युवाशक्ति पलायन हुनाले हो । यसवाट नेपालको धान उत्पादनमा प्रत्येक वर्ष नकारात्मक प्रभाव परेको छ । यो वर्ष नेपालमा झण्डै ९५ लाख ५१ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि मन्त्रालयले जनाएको छ । जुन परिमाण गत वर्षको तुलनामा करिब ५९ हजार मेट्रिक टन अर्थात् १ दशमलव ०५ प्रतिशतले कम हो ।
महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औँ प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । एक वर्षदेखि राष्ट्रपति कार्यालयमा थन्किरहेको महालेखापरीक्षक कार्यालयको प्रतिवेदन एक वर्ष ढिलो गरी शुक्रबार सदनमा पेस भएको हो । सो प्रतिवेदन आर्थिक वर्ष २०७५/७६ को हो । सो आवमा ५१ खर्ब ७१ अर्बको लेखापरीक्षण सम्पन्न भएको तथा एक खर्ब ३२ अर्ब ९९ करोड ५९ लाख रुपैयाँ बेरुजु देखिएको महालेखा परीक्षक शर्माले बताए ।
प्रतिवेदनअनुसार यस वर्ष संघीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्था, जिल्ला समन्वय समिति समेतको ५१ खर्ब ७१ अर्ब ६४ करोडको लेखापरीक्षण भएको थियो । सोमध्ये तीन हजार एक सय १० संघीय सरकारी निकाय र ७७ जिल्ला समन्वय समितितर्फ १७ खर्ब ५६ अर्ब चार करोडको लेखापरीक्षणबाट ७१ अर्ब छ करोड अर्थात् ४ दशमलव ०५ प्रतिशत बेरुजु देखिएको थियो । त्यस्तै, सो वर्ष प्रदेशतर्फ नौ सय ९८ कार्यालयको एक खर्ब ८९ अर्ब २५ करोडको लेखापरीक्षणबाट आठ अर्ब २० करोड अर्थात् ४ दशमलव ३३ प्रतितश बेरुजु कायम भएको र सात सय ४७ स्थानीय तहको सात खर्ब ४० अर्ब ६५ करोडको लेखापरीक्षणबाट ३८ अर्ब १३ करोड अर्थात् ५ दशमलव १५ प्रतिशत बेरुजु देखिएको थियो ।
कोभिड १९ को महामारीले विश्व आर्थिक गतिविधिमा सुस्तता आएसँगै वैदेशिक रोजगारीका अवसरहरू गुम्ने, तलबलगायतका सुविधाहरूमा कटौती हुने तथा वैदेशिक रोजगारीप्रतिको लगाव कम हुनसक्ने भएकोले आगामी दिनमा विप्रेषण आप्रवाह घटने देखिन्छ । विगत केही वर्षदेखि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्यामा केही कमी आएको छ । आर्थिक वर्ष २०७६/७७ को प्रथम आठ महिनामा वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति दिने नेपालीको संख्या गत वर्षको सोही अवधिको तुलनामा २४ दशमलव २ प्रतिशतले वृद्धि भएकोमा कोभिड १९ को संक्रमण सुरु भएदेखि यो प्रक्रिया रोकिएको तथा पहिले श्रम स्वीकृति लिएका कतिपय नेपाली समेत वैदेशिक रोजगारीमा जान नपाएकोले यस आर्थिक वर्षमा समेत वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत वर्षको भन्दा कम हुने देखिएको छ ।
आर्थिक वर्ष २०७५/२०७६ मा विप्रेषण आप्रवाह आठ खर्ब ७९ अर्ब रहेकोमा आर्थिक वर्ष २०७६/७७ को आठ महिनामा पाँच खर्ब ९२ अर्ब प्राप्त भएको छ । विप्रेषण आप्रवाह घटेसँगै चालू खाता एवं शोधानान्तर सन्तुलन तथा विदेशी विनिमय सञ्चितिमा चाप पर्ने देखिएको हो । विप्रेषण आप्रवाहमा हुने न्यूनताले आगामी आर्थिक वर्ष बाह्य क्षेत्र सन्तुलनमा थप दबाब पर्ने दखिएको छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया