Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२६ सय ३३ बिन्दुमा पुगेर रोकियो सेयर बजार

२६ सय ३३ बिन्दुमा पुगेर रोकियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ५० अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार ३२ दसमलव ५१ अंकले ओरालो लागेर २६ सय ३३ दसमलव ४२ बिन्दुमा पुगेको रोकिएको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दसमलव ४१ अंकले ओरालो लागेर चार सय ९७ दमसलव पाँच बिन्दुम पुगेर रोकिएको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २५ वटा कम्पनीहरुको सेयर कारोवारा भएका छन् । जसबाट ४९ हजार आठ सय ३५ पटकको कारोवारमा ७३ लाख २१ हजार १४ कित्ता सेयर किनबेच भएका छन् । सोही आधारमा आज कुल कारोवार रकम तीन अर्ब ७० करोड २९ हजार पाँच सय सात रुपैयाँ पुग्न सफल भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये तीन वटा उपसमुहरुको सुचक उकालो लागेका छन् भने १० वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुबित्त र लगानी उपसमुहरुको सुचक ओरालो लागेका छन् भने ट्रेडिङ, अन्य र सामुहिक लगानी कोष उपसमुहरुको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x