Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदर्जनौँ पसलमा म्याद गुज्रिएका सामग्री

दर्जनौँ पसलमा म्याद गुज्रिएका सामग्री


सल्लेरी । जिल्लाको सल्लेरीमा चाडपर्वलक्षित बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयदेखि आवाडाँडासम्मको २४ वटा पसलमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाले जानकारी दिइन् । उक्त पसलबाट चक्लेट, थुक्पा, मसला, कोक, फेन्टा, सस र कस्मेटिक सामान गरी करिब ५४ हजार तीन सय ७१ रुपैयाँबराबरको म्याद नाघेका सामग्री फेला परेको अनुगमन टोलीले जनाएको छ ।

ती सामग्री जफत गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिइन् । चाडपर्वको समयमा कालोबजारी तथा म्याद गुज्रिएका खाद्यवस्तु बिक्री हुनसक्ने कुरालाई मध्यनजर राख्दै बजार अनुगमन गरिएको उनको भनाइ छ । लामो समयदेखि बजार अनुगमन नभएको भन्दै उपभोक्ताले गुनासो गर्दै आएका थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x