अन्तःशुल्क स्टिकर छपाइको ठेक्का पाएको मद्रास कम्पनी आधार कार्ड छपाइमा भारतमै निलम्बनमा परेको खुलासा
काठमाडौं । भारतीय मद्रास सेक्युरिटी प्रिन्टर्स प्रालि आफ्नै देशमा निलम्बनमा परेको खुलासा भएको छ । मद्रासले आधार कार्ड छपाइमा बदमासी गरेकोले भारत सरकारले यो समाचार तयार पार्दासम्मको मितिमा निलम्बनमा राखेको छ ।
नेपाली उद्योगीलाई बाइपास गर्दै आफैँले बनाएको नियम मिच्दै अन्तःशुल्क स्टिकर छपाइको ठेक्का भारतीय विवादित कम्पनीलाई दिएपछि आन्तरिक राजस्व विभागमाथि प्रश्न उठेको छ । केन्य, साउथ सुडानलगायत धेरै देशमा कालोसूचीमा परेको मद्रासलाई विभागले एक करोड आठ लाख ८२ हजार अमेरिकी डलर (एक अर्ब २६ करोड नेपाली) मूल्यबराबरको ठेक्का दिएको छ ।
मद्रासले स्मार्ट लाइसेन्समा नेपाल सरकारलाई बन्धक बनाएको छ । सफट्वेयर र कार्ड प्रिन्टमा ठेक्का पाएको यो कम्पनीको बदमासीका कारण झण्डै छ लाख सेवाग्राहीले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) पास गरेका छन्, तर स्मार्ट कार्ड पाएका छैनन् ।
नेपाली जनतालाई सास्ती दिने मद्रासलाई नै विभागले ठेक्का दिएर पुरस्कृत गरेको भन्दै विरोध भइरहेको छ । बोलपत्रसम्बन्धी आफैँले बनाएको नियमविपरीत विभागले मद्रासलाई अन्तःशुल्क स्टिकर छपाइको ठेक्का दिएपछि नेपाली उद्योगी अदालत पुगेका छन् । सर्वोच्च अदालतले अन्तःशुल्क स्टिकरसम्बन्धी बोलपत्रका सम्पूर्ण कामकारबाही रोक्न अन्तरिम आदेश दिएको छ । आज पेशी तोकिएको छ । मिराज प्रिन्टिङ सलुसन प्रालिका तर्फबाट गुञ्जना ढुंगनाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । यसअघि पनि पटक–पटक सर्वोच्चले नेपाली कम्पनीलाई बोलपत्रमा सहभागी गराउन विभागलाई आदेश दिइसकेको थियो । तर, विभागले अटेर गर्दै आएको छ ।
नेपालमै सेक्युरिटी प्रिन्टिङ उद्योग सञ्चालन गरेर गुणस्तरीय काम गरिरहेका नेपाली कम्पनीलाई अन्तःशुल्क स्टिकरमा छपाइसम्बन्धी बोलपत्रमा सहभागी नगराउनुलाई कमिसनको खेल भएको बताइएको छ । काम नगर्ने तर ठेक्का लिँदा ठूलो कमिसनको चलखेल गर्ने भएकैले मद्रासलाई अन्तःशुल्क स्टिकर छपाइको ठेक्का दिइएको विभाग स्रोतको दाबी छ । अन्तःशुल्क स्टिकरको ठेक्का विभागका पूर्वमहानिर्देशक विनोदबहादुर कुँबरको समयमा खुलेको थियो । अहिलेका महानिर्देशक शोभाकान्त पौडेलले पनि त्यसलाई नै निरन्तरता दिएका छन् ।
मिराज प्रिन्टिङ सलुसन प्रालिले नेपालमै नेपाल टेलिकमको रिचार्ज कार्ड छपाइ गरिरहेको छ । सन् २०१८ मै नेपाल टेलिकमले रिचार्ज कार्ड छपाइमा मिराज कम्पनीले टेन्डरमा मागिएका सुरक्षा र आवश्यक ताकागजातको सीमाभित्र रहेर छपाइ तथा सप्लाइ गरिरहेको भन्दै ‘नो अब्जेक्सन’ पत्र लेखेको थियो । पत्रमा टेलिकमले रिचार्ज कार्ड छपाइमा मिराजले गुणस्तर र सुरक्षाबारे कुनै गुनासो वा उजुरी नभएको समेत उल्लेख गरेको छ । टेलिकमले नेपाली सेक्युरिटी प्रिन्टिङ कम्पनीले गुणस्तरीय रिचार्ज कार्ड छपाइ गरेकोमा गर्व समेत गरेको छ ।
सरी नेपाली कम्पनीले नेपालमै गुणस्तरीय छपाइ गर्दागर्दै भारतीय बदनाम कम्पनीलाई ठेक्का दिनु सरासर गलत नियत भएको पुष्टि हुन्छ । नेपाली कम्पनीलाई बाइपास गर्दै नियमविपरीत भारतीय बदमना कम्पनीलाई दिएको छपाइ ठेक्का सर्वोच्च अदालतले बदर गरी नयाँ टेन्डरमा जाने आदेश गर्नेमा नेपाली उद्योगीको अपेक्षा गरेका छन् ।
स्मार्ट लाइसेन्समा हैरानी पारेको मद्रासले केन्या र साउथ सुडानमा पनि त्यस्तै गरेको छ । केन्याका सार्वजनिक अभियोजन निर्देशालयको कार्यालयले मद्रासका आठ निर्देशकहरूलाई गिरफ्तार गर्न भनेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सहकारी ठगी महारोगमा परिणत
- संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना
- सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सुरु
- पुँजीगत खर्च बढाउन आग्रह
- विराटनगर भन्सारले गर्यो पूर्णकृष्ण ट्रेडर्सको सबै कारोबार रोक्का
- निर्यात अनुदान कार्यविधि संशोधन हुँदै
- छायादेवी सेन्टरको जग्गा विवाद २४ गते टुुङ्गिँदै
- धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया