बढाऔँ ज्येष्ठ नागरिकको सम्मान
काठमाडौं । प्रत्येक वर्ष विश्वभरि अक्टुबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएअनुरूप गत शुक्रबार नेपालमा पनि यो दिवस मनाइयो । सो दिन ज्येष्ठ नागरिकले परिवार, समाज र राष्ट्रलाई दिइएको योगदान, उहाँहरूको अनुभव र क्षमताको कदर तथा सम्मान गर्दै उहाँहरूको सहज जीवनयापनका लागि प्रतिबद्धता जनाउने दिन हो ।
मूलतः हाम्रो मुलुकमा रहेका ६० वर्ष नाघेका अग्रजहरूलाई ज्येष्ठ नागरिकको रूपमा व्यवहार गर्नुपर्ने राज्यको अवधारणा पनि हो । यसरी ज्येष्ठ नागरिक ऐन, २०६३ अनुसार ६० वर्षमाथिका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ । यसको साथसाथै ज्येष्ठ नागरिकहरू आफ्नो जीवन कालभरिका अनेकन उतारचढाव, सफलता–असफलता र संघर्षपूर्ण भोगाइबाट आर्जन गरिएका ज्ञान, सिप र अनुभवका पुञ्जको रूपमा स्वीकारनु पर्छ । उहाँहरूको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्दछ ।
अतः ज्येष्ठ नागरिकहरूको ज्ञान र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवार, समाज र राज्यको सामूहिक प्रयास आवश्यक पर्दछ । त्यसैगरी विकसित देशहरूमा ६५ वर्षमाथिका व्यक्तिलाई ज्येष्ठ नागरिकका रूपमा लिइन्छ भने हाम्रो देशलगायत विकासशील राष्ट्रहरूमा भने ६० वर्ष माथिकालाई ज्येष्ठ नागरिक मानिन्छ । यसरी अवलोकन गर्ने हो भने विकसित देशको औसत आयु नै बढी छ ।
अहिलेको परिप्रेक्ष्यमा हेर्ने हो भने जस्तो जापानमा औसत आयु ८५ वर्ष छ । तर नेपालमा पुरुषको औसत आयु ७० वर्ष र महिलाको ७१ वर्ष रहेको छ । फलतः पूर्वीय दर्शनमा पितृ देवो भवः, मातृ देवो भवः भनेर अग्रजहरूलाई सम्मान गर्ने संस्कार छ । यसको साथै संयुक्त परिवारमा बस्ने चलन छ । यसको अलवा छोराबुहारी, नातिनातिनासँगै बस्ने संस्कारले गर्दा समाजमा ज्येष्ठ नागरिकको सम्मान झन बढ्न गएको छ ।
संसारका धेरै मुलुकले ज्येष्ठ नागरिकलाई उचित सम्मान दिएका छन् । जसले गर्दा वृद्ध अवस्थामा सुविधा दिएर घुम्न पठाउने, रमाइलो वातावरण बनाउने र स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मा लिने गरेका छन् । तर, हाम्रो देशमा भने वृद्ध अवस्थामा पनि आफ्ना अधिकारका लागि लड्नु पर्ने अवस्था रहेको छ ।
यसरी नेपालको संविधानको धारा ४१ मा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी हक प्रत्याभूत गरिएको छ । यसरी पहिलो पटक नेपालको संविधानको मौलिक हकमा ज्येष्ठ नागरिकको हकलाई उल्लेख गर्दा ज्येष्ठ नागरिकका मानव अधिकार संरक्षणमा राज्यको सकारात्मक धारणा रहेको मान्न सकिन्छ । तर राज्यको विशेष संरक्षण तथा सामाजिक सुरक्षा भन्ने विषयमा स्पष्टता देखिँदैन ।
यसको साथसाथै यी उल्लेख भएका र ऐनले दिएका अधिकार र सुविधाका लागि पनि आन्दोलन गर्नु परेको छ । फलतः विश्वमा ज्येष्ठ नागरिकको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । अबका तीन दशकमा ज्येष्ठ नागरिकको संख्या दोब्बरभन्दा बढी हुने अनुमान गरिएको छ । यो विकसित राष्ट्रमा ज्येष्ठ नागरिकको संख्या बढिसकेको छ भने अन्य देशमा पनि विकासको स्तर बढेसँगै ज्येष्ठ नागरिकको संख्या बढिरहेका छ । यसरी संयुक्त राष्ट्रसंघका अनुसार अहिले अति कम विकसित मुलुकमा तीन करोड ७० लाख ज्येष्ठ नागरिक रहेकोमा आगामी तीन दशकमा १२ करोड पुग्नेछ । यसरी देशमा ६० वर्ष काटेका नागरिकलाई ज्येष्ठ नागरिकको परिभाषामा समेटिएको छ ।
यो परिभाषाअनुसार हाल देशको कुल जनसंख्याको नौ प्रतिशत अर्थात् करिब २५ लाख ज्येष्ठ नागरिकहरू रहेका छन् । यस अर्थमा देशको जनसंख्या वृद्धिदर एक दशमलव ३५ प्रतिशत रहेको अवस्थामा ६० वर्ष उमेरभन्दा माथिको जनसंख्या वृद्धिदर भने यसको दोब्बरभन्दा बढी छ । यसरी आगामी दशकभित्रै यो ३५ लाखभन्दा बढी हुने प्रक्षेपण छ । यसर्थ मुलुकको कुरा गर्ने हो भने संविधानको धारा ४१ मा मौलिक हकका रूपमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्थामा गरिएको छ । यसको कार्यान्वयनका लागि ऐन, कानुन निर्माण भएका छन् । ज्येष्ठ नागरिकका लागि राज्यले मासिक सुरक्षा भत्ता प्रदान गर्नुका साथै स्वास्थ्य उपचार, यातायातजस्ता क्षेत्रमा विशेष सुविधा र आरक्षणको व्यवस्था समेत गरेको छ । खासगरीकन हाम्रो संयुक्त घर–परिवार प्रणालीमा चलेको हाम्रो समाजमा एउटै घरमा परिवारका धेरै सदस्य हुन्छन् जहाँ ज्येष्ठ नागरिकहरूलाई उच्च सम्मान गरिन्छ । जसले गर्दा ज्येष्ठ नागरिककै सरसल्लाहबमोजिम घर परिवार चल्दछ । उनीहरू नै परिवारको अविभावक तथा पुज्य हुन्छन् ।
समग्रमा भन्नुपर्दा ज्येष्ठ नागरिक परिवार, समाज र राज्यका लागि बोझ नभई सम्पत्ति हुन् । मूलतः ज्येष्ठ नागरिक राष्ट्रका सांस्कृतिक धरोहर र अमूल्य निधि भएकाले विगतमा देश विकासमा उहाँहरूको योगदानलाई सम्मान गर्नुपर्छ । यसरी ज्येष्ठ नागरिक सीप, क्षमता र अनुभवका धनी भएकाले यो क्षमतालाई सामाजिक विकासमा उपयोग गर्नुपर्छ । यसै क्रममा जेष्ठ नागरिकका लागि राज्य जिम्मेवार हुनुपर्ने कर्तव्य छँदै छ । तर आफ्ना जेष्ठ नागरिक आमा बाबुप्रति छोराछोरी पनि त्यतिकै जिम्मेवार हुनुपर्ने देखिएको छ । हाम्रो समाजमा छोराछोरी विदेशमा हुने बाबुआमा वृद्धाश्रममा हुने संस्कारलाई निरुत्साहित गर्नु अहिलेको आवश्यकता हो । यसरी नै जनप्रतिनिधि र कर्मचारी जेष्ठ नागरिकप्रति जिम्मेवार हुन सकेका छैन् । उनीहरूले समयमै सामाजिक सुरक्षा भत्तालगायत अन्य सुविधा उपलब्ध गराउन सक्दैन् र जेष्ठ नागरिकको गुनासा सम्बोधन गर्न इच्छुक छैन् न जेष्ठ नागरिकको गुनासो सुन्छन्, न त जेष्ठ नागरिक प्रोत्साहन कार्यक्रम ल्याउन सकेका छन् ।
अपितु बुढ्यौली जीवनलाई क्रियाशील र प्रभावकारी बनाउने जिम्मेवारी घरपरिवार, समाज र राष्ट्रको हो । यसको कार्यान्वयनका लागि ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३, सामाजिक सुरक्षा ऐन, २०७५ र ज्येष्ठ नागरिकसम्बन्धी नियमावली, २०६५ छन् । यसर्थ ज्येष्ठ नागरिकसम्बन्धी ऐनले सामाजिक सुरक्षा गर्ने, उनीहरूमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गर्दै उनीहरूप्रति गर्ने श्रद्धालाई समेटेको छ । तर उक्त ऐन र नियमावलीले ज्येष्ठ नागरिकलाई धेरै सम्मान गरेको छ ।
तर, व्यवहारमा भने ज्येष्ठ नागरिक हक तथा अधिकारहरू पाउन नसकेको गुनासो एकातिर छ भने अर्कोतिर नेपाल सरकारले भने पछिल्लो केही वर्षदेखि ज्येष्ठ नागरिकका हक अधिकारमा उल्लेख्य प्रगति हुँदै गएको दाबी गरेको छ । अतः सरकारको तर्फबाट विसं २०५१ सालमा मासिक एक सय रूपैयाँबाट सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता अहिले मासिक चार हजार रूपैयाँ पु-याइएको छ । त्यस्तै ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकका लागि दुईवटा सिट आरक्षण गरिएको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था छ ।
त्यस्तैगरी सार्वजनिक स्थानमा ज्येष्ठ नागरिकले राजस्व तिर्दा मठमन्दिरमा लाइन बस्न नपर्ने व्यवस्था कार्यान्वयन हुँदै गएको र सरकारी अस्पतालमा ज्येष्ठ नागरिकको उपचार गर्दा औषधोपचारमा सहुलियत प्रदान गर्ने कार्य कार्यान्वयनमा आउन सकेको देखिँदैन । यद्यपि ज्येष्ठ नागरिकहरूको भनाइ के रहेको छ भने यी जुन सरकारले दिएको सुविधाहरू कार्यान्वनमा जोड् दिएका छन् । यसरी समाजमा रहेका सबै उमेर समूहमा यो कसमय आउने भएकोले ‘बुढो भयो सब रंग गयो, आँगन भयो परदेशी’ भनेझैँ समाजमा असम्मानको लहर भने झनै बढिरहेको छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया