Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगज्येष्ठ नागरिकलाई एनसेलले निःशुल्क सिम दिने

ज्येष्ठ नागरिकलाई एनसेलले निःशुल्क सिम दिने


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ज्येष्ठ नागरिकका लागि बन्डल अफरहरुसहितको आकर्षक निःशुल्क सिम योजना सञ्चालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसरमा शुक्रबारबाट सञ्चालनमा ल्याइएको यस योजनाअन्तर्गत ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले एनसेलको सिम निःशुल्क लिन सक्छन् र साथै ५० रुपैयाँ वा सोभन्दा बढीको हरेक रिचार्जमा छ महिनासम्म बोनसका रुपमा पाइने सेवा, सुविधाहरुको फाइदा लिन सक्छन् ।

यो योजनाअन्तर्गत पहिलो ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा ज्येष्ठ नागरिकहरुले सय एमबी डेटा र सयवटा अन नेट एसएमएस बोनस पाउँछन् । त्यस्तै पहिलो रिचार्जपछि त्यस सिमबाट ज्येष्ठ नागरिकहरुले छ महिनासम्म विशेष छुटसहितको शुल्कमा भ्वाइस, डेटा र भारत कल सेवा लिन सक्छन् । ग्राहकले विशेष छुटअन्तर्गत एक रुपैयाँ प्रतिमिनेटमा भ्वाइस सेवा, एक रुपैयाँ प्रतिएमबीमा डेटा सेवा र १.९९ रुपैयाँ प्रतिमिनेटमा भारतमा कल गर्न सक्छन् ।

यसका साथै यसै योजनाअन्तर्गत रिचार्जमा पनि बोनसको सुविधा रहेको छ । ५० रुपैयाँदेखि ९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले सात दिनको समयसीमा रहेको दुई सय एमबी डेटा बोनसस्वरुप प्राप्त गर्दछन् । त्यस्तै सय रुपैयाँदेखि एक सय ९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले बोनसबापत पाँच सय एमबी डेटा पाउँछन् । दुई सय वा सोभन्दा बढी रिचार्ज गर्ने ग्राहकले एक जीबी डेटा बोनसस्वरुप प्राप्त गर्नेछन् । बोनसमा पाइने यी डेटाहरु सात दिनको लागि मान्य रहन्छ ।

ज्येष्ठ नागरिकहरुले आफ्नो नजिकैको एनसेल सेन्टरमा पासपोर्ट साइजको फोटो र नागरिकता लिएर गई सजिलै यो सिम कार्ड लिई सेवा, सुविधाको लाभ लिन सक्छन् । यो योजना असोज २२ गतेसम्म सञ्चालनमा रहनेछ । योजनाले ज्येष्ठ नागरिकहरुलाई सहज र सुलभ दरमा गुणस्तरीय दूरसञ्चार सेवा सुनिश्चित गर्न मद्दत गर्ने र परिवारजनहरुसँग डेटाको माध्यमबाट डिजिटल सम्पर्कमा रहिरहन पनि सहयोग पु¥याउने विश्वास एनसेलले लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x