काठमाडौं । सानो पाइला नामक संस्थाले कोरोना जोखिम समाप्त नभएको भन्दै एक लाख मास्क वितरण गर्ने भएको छ । नेपाल मास्क अभियानमा सानो पाइलाको ऐक्यबद्धता जनाउँदै एक लाख मास्क वितरण गर्न लागिएको संस्थाका संस्थापक कञ्चन झाले बताइन् ।
संस्थाले पछिल्लो समय एक लाख मास्क वितरण गर्ने अभियानअन्तर्गत घण्टाघरमा मोटरसाइकल चालक, सवारी चालक, पैदल यात्रुलगायत गरी एक हजार मास्क वितरण गरिएको संस्थाकी स्विटी चौरसियाले बताइन् ।
संस्थापक झाले सानो पाइलाले नेपाल मास्क अभियानलाई सफल पार्नका एक लाख मास्क वितरण गर्ने लक्ष्य लिएको बताइन् । आम नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षित राख्नका लागि जनचेतना जगाउने अभिप्रायले निःशुल्क रुपमा मास्क वितरण गरिएको झाको भनाइ थियो । यसअघि पनि अन्य सामाजिक क्रियाकलापहरु सञ्चालन गर्दै आएको संस्थाले आगामी दिनमा पनि समाज र सामाजिक प्राणीको हितमा हुने कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् ।
मास्कको अपरिहार्यतालाई महशुस गर्दै नेपाल सरकारले सुरु गरेको नेपाल मास्क अभियानमा सानो पाइलाले ऐक्यबद्धता जनाएको संस्थाको भनाइ छ । ‘ऐक्यबद्धता स्वरुप हामीले प्रदेश २ का सहित विभिन्न जिल्लाहरुमा एक लाख मास्क बाँड्ने भएका हौँ’, उनले भनिन् । संस्थाले एक कार्यक्रमका बीच एक लाख मास्क वितरण अभियानको औपचारिक घोषणा गरिसकेको समेत जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले मास्क अभियानलाई निरन्तरता दिनुपर्ने बताए । सर्वसाधारणले मास्क लगाउन बिर्सिसकेको अवस्थामा खबरदारी गराउनुका साथै सचेतना फैलाउनुपर्ने सहायक प्रजिअ पौडेलले बताए ।
कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जारा, संस्थाकी सचिव डा. सुष्मा तिवारी द्विवेदी, सञ्चारकर्मी सूर्य नारायण विकलगायतकाको उपस्थिति थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया