एक्सेल डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा
काठमाडौं । एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले शनिबार सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले आव २०७६–०७७ को वितरणयोग्य सञ्चित मुनाफा र सेयर प्रिमियमबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार रुपैयाँको १२ प्रतिशतका दरले बोनस सेयर र उक्त बोनश सेयरबापतको कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै सर्वसाधारण सेयरधनीहरूका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरूमा पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेसलराज पोखरेललाई निर्वाचित गरेको छ ।
बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा १० अर्बभन्दा बढी रहेको छ भने निक्षेप संकलन ११ अर्बभन्दा बढी रहेको छ । झापा जिल्लाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पाँचथरका विभिन्न ४१ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयहरूमार्फत ग्राहकसमक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ भने चालू आवमा आफ्नो कार्यक्षेत्र भित्रका जिल्लाहरूमा थप नयाँ शाखाहरू स्थापना गर्ने र निकट भविष्यमा १ नम्बर प्रदेशभर आफ्नो कारोबार सञ्चालन गर्ने उद्देश्यका साथ पुँजी वृद्धि योजना अघि बढाएको छ । पुँजी वृद्धिका लागि कम्पनीको गत चौधौँ वार्षिक साधारणसभाको निर्णयअनुसार चुक्ता सेयर पुँजी ८१ करोड ११ लाख २१ हजार दुई सय २४ पैसाको ३० प्रतिशतका दरले २४ करोड ३३ लाख ३६ हजार तिन सय ६७ पैसाको हकप्रद सेयर निष्काशन मिति असोज २५ गते खुल्ला हुनेभएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया