अहिंसा दिवसमा आठ जिल्लामा प्रदर्शन : ज्येष्ठ नागरिक दिवसमा सहयोग
काठमाडौं । अन्तर्राष्ट्रिय अहिंसा दिवस २ अक्टोबरका अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ, रूपन्देही, चितवन, दाङ, तेह्रथुम, कपिलवस्तु, अछाम र बाँके शाखाको आयोजनामा ‘अहिंसा : पवित्र एवं गौरवमय मार्ग’ भन्ने सन्देशसहित असोज १६ गते ८ जिल्लामा प्रदर्शन भएको छ ।
१५ जुन २००७ को दिन संयुक्त राष्ट्र महासभाले अक्टोवर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । महासभाद्वारा पारित प्रस्तावअनुसार सबै राष्ट्रसंघीय प्रणालीलाई शिक्षा र जनचेतनासहित अहिंसाको सन्देश फिजाउँदै उपयुक्त तवरले अहिंसा दिवस मनाउन आह्वान गरिएको थियो । अक्टोवर २ महात्मा गान्धीको जन्मजयन्ती पनि हो । सन् २००७ मा राष्ट्रसंघले अहिंसा दिवस मनाउने निर्णय गरेपछि मानव अधिकार तथा शान्ति समाजले विविध कार्यक्रमसहित प्रत्येक वर्ष अक्टोवर २ मा अहिंसा दिवस मनाउँदै आएको छ ।
यसैगरी अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टोवरका सन्दर्भमा शान्ति समाज काठमाडौँ शाखाले असोज १५ गते निजानन्द आश्रम (टौदह)लाई खाद्य सामग्री सहयोग गरेको छ भने रूपन्देही शाखाले बुटवल मैना बगरस्थित सिद्धबाबा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई भोजन गराएको थियो । यस्तै शान्ति समाजका चितवन, दाङ र तेह्रथुम शाखाले पनि ज्येष्ठ नागरिक दिवसका सन्दर्भमा विभिन्न कार्यक्रम आयोजना गरेका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ज्योति विकास बैंक सम्मानित
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
- राहदानी प्रणालीमा ‘र्यान्समवेअर’ आक्रमण भएको कसरी थाहा भयो, कहिलेदेखि सबैतिर सेवा सुरु हुन्छ?
- श्रीलंकाको विद्युत् पूर्वाधारका लागि एडीबीले २० करोड डलर ऋण दिने
- युक्रेनद्वारा रूसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार
- बदलिँदै दुर्गमको परिचय
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
- सेती नदीको पुल निर्माण: २८ प्रतिशत भौतिक प्रगति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया