गोर्खाज फाइनान्स लिमिटेडको साधारणसभा
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको आर्थिक वर्ष २०७६/०७७ को २६औँ साधारणसभा गरिएको छ । होटल क्राउन इम्पेरियलमा भएको साधारणसभाबाट नयाँ सञ्चालन समितिहरु चयन भएका छन् । संस्थापक सेयरधनीतर्फ प्रेमबहादुर सापुङ, डेकिन्द्र कुमार राई, कर्ण बहादुर राई, तथा साधारण सेयरधनीबाट रेसु अग्रवाल, नरेन्द्र कुमार अग्रवाल र गौरव बुढाथोकी चयन भएका छन् । त्यसैगरी स्वतन्त्र सञ्चालकमा प्रद्युम्नकुमार भट्टराई छन् ।
फाइनान्सले मुख्य कार्यालयसहित २६ शाखा र एउटा एक्सटेन्सन काउन्टरबाट देशको सातैवटा प्रदेशमार्फत सर्वसाधारणलाई सेवा दिइरहेको छ भने विभिन्न बचत योजना सञ्चालन गरिरहेको छ । फाइनान्सले निःशुल्क डेबिट कार्ड, इन्टरनेट बैंकिङ, एबीबीएस सेवा, चेक बुक, कनेक्ट आईपीएस तथा रेमिट्यान्स सेवा दिइँदै आएको छ ।
फाइनान्सका शाखाहरु रवि, बिर्तामोड, दमक, इटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादी सिराहा, बनेपा, वीरगञ्ज, नारायणघाट, पोखरा, लखनचोक बुटवल, बिजौरी दाङ, नेपालगञ्ज सुर्खेत, चौमाला कैलाली, बेलटार उदयपुर, हेटौंडा, सर्लाही तथा काठमाडौं उपत्यकाभित्र डिल्लीबजार, बौद्व, गोंगबु, न्युरोड, सातदोबाटो र भक्तपुर गरी सातैवटा प्रदेशमा जम्मा २६ वटा शाखाहरु र एक एक्टेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
- इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया