माथिल्लो सगरमाथाका जिल्लामा दशैँमा नयाँ नोट आएन
सोलुखुम्बु । माथिल्लो सगरमाथाका तीन जिल्लासहित उदयपुरमा दशैँका लागि नयाँ नोट नआउने भएको छ । नेपाल राष्ट्र बैंकले असोज ४ बाट नै देशभरका शाखा बैंकबाट नयाँ नोट लिनसक्ने व्यवस्था गरे पनि चार जिल्लामा भने नयाँ नोट नआएको बैंकहरूले जनाएका छन् ।
नयाँ नोटका लागि बैंकमा ग्राहकहरूको भीड लाग्ने भए पनि नहुँदा समस्या भएको राष्ट्रिय वाणिज्य बैंक सल्लेरीका प्रबन्धक चित्र खड्काले बताए । नयाँ नोट नआउँदा र पुरानो खुद्रा रकम समेत पर्याप्त नहुँदा समस्या भएको उनको भनाइ छ । यस्तै नयाँ नोटको माग अत्यधिक भएको राष्ट्रिय वाणिज्य बैंक ओखलढुंगाका निमित्त शाखा प्रबन्धक राजेश झाले बताए । स्टक रकम भएकाले राष्ट्र बैंकले नयाँ नोट नपठाउँदा ग्राहकहरूलाई रित्तो हात फर्काउन बाध्य भएको उनको भनाइ छ ।
यस्तै खोटाङ र उदयपुरमा पनि नयाँ नोट नआउँदा समस्या भएको बताइएको छ । नयाँ नोट लिनका लागि बैंक पुगेकाहरूलाई पुरानो नोट दिएर पठाउने गरेको राष्ट्रिय वाणिज्य बैंक खोटाङका शाखा प्रबन्धक काजी बस्नेतले बताए । यता नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने यस विषयमा आफू जानकार नभएको बताए । विराटनगर राष्ट्रिय वाणिज्य बैंकसँग तत्काल जानकारी लिएर नोट पठाउने व्यवस्था गरिने उनले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया