बजाज एक्सचेन्ज महामेला
काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ ‘बजाज एक्सचेन्ज महा मेला’ अफर ल्याएको छ । काठमाडौँको भृकुटी मण्डपमा असोज १७ गतेदेखि सुरु भएको अफर असोज २३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो बाइक लिएर आउनसक्ने छन् । साथै नयाँ बजाज बाइक लिएर घर फर्कन सक्नेछन्, यसमा १८ भन्दा बढी भ्यालुएटरहरु छन् । यस्तै कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसनभन्दा १० हजार रुपैयाँ थप गरिदिएको पनि कम्पनीले जनाएको छ । यसका अतिरिक्त, बजाज नेपालले ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याज, निःशुल्क एसेसरिज र निःशुल्क जाँच शिविर पनि प्रदान गरेको छ । यस्तै एक भाग्यशाली विजेताले सामसङ एम सिरिज मोबाइल र लक्की डोर प्राइज जित्ने मौका पाउनेछन् । यस मेगा इभेन्टमा थुप्रै कलाकारहरुको प्रदर्शन पनि शामिल हुनेछन् ।
साथै, बजाजले ‘बजाज खुसीको तीन डोज’ नामक आफ्नो दशैँ अभियान सफलतापूर्वक चलाइरहेको छ । ग्राहकहरुले अफरअन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुपहिले, किन्ने बखतमा र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्छन् । ग्राहकहरुले बाइक किन्नुपहिले १० हजार रुपैयाँसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन् । त्यसबाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरिदको दौरानमा एक लाख रुपैयाँसम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् । यसैगरी बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाख रुपैयाँको नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया