नबिल बैंकको ‘नबिल दशैँ धमाका’ अफर
काठमाडौं । नेपालीहरूको महान चाड बडा दशैँको उपलक्ष्यमा नबिल बैंकले ‘नबिल दशैँ धमाका अफर’ ल्याएको छ । बैंकका अनुसार यो अफरअन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यासब्याक पाउन सक्नेछन् । नबिल बैंकको यो अफरबमोजिम ग्राहकहरूले बिग मार्टमा एक हजार रुपैयाँ छुट वा अधिकतम तीन सय रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । यो अफर घटस्थापनाको दिन लागू हुनेछ ।
त्यस्तै किरानामा १५ सय छुट वा अधिकतम १५ सय रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । किराना पसलमा यो अफर अक्टोबर ४ देखि अक्टोबर ११ सम्म लागू हुनेछ । दराजमा भने हरेक शुक्रबार एक हजार रुपैयाँ छुट वा अधिकतम पाँच सय रुपैयाँसम्म पाउन सक्नेछन् । यस अफरमार्फत नबिल बैंकले आफ्नो ग्राहकवर्गहरूमा दशैँको उपलक्ष्यमा नयाँ हर्ष ल्याउन खोजेको छ । यस अफरको लाभ लिनको लागि नबिल बैंकको डेबिट अथवा क्रेडिट कार्ड चाहिने हुनाले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलेर ग्राहकहरूले डेबिट र क्रेडिट कार्डमार्फत क्यासब्याकको अफर लिन ढुक्क हुन सक्नेछन् ।
सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरूलाई समायनुकूल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको एक सय ३५ वटा शाखा, एक सय ८५ वटा एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रूपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टि एवं आधुनिक बैंकिङ युगको सुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया