Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदक्षिण कोरियामा अनलाइनबाट किन्नेहरूको संख्या १६ प्रतिशतले वृद्धि

दक्षिण कोरियामा अनलाइनबाट किन्नेहरूको संख्या १६ प्रतिशतले वृद्धि


सोल । दक्षिण कोरियामा अनलाइन मार्फत सामान किन्नेहरूको संख्यामा वृद्धि भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार गत अगस्ट महिनामा दुई अंकले वृद्धि भएको भन्दै सन्तोष व्यक्त गरेका छन् ।

कोरोनाभाइरसको महामारीका कारण कतिपय प्रतिबन्धात्मक व्यवस्थाहरू अझै पनि लागू भएकाले पनि अनलाइन किन्नेहरूको संख्या बढेको अनुमान गरिएको छ । अनलाइनबाट किन्नेहरूमध्ये खाना माग गर्नेहरूको संख्यामा उल्लेख्य वृद्धि भएको र खाना विक्री गरेर मात्रै लाखौँ रूपैयाँको कारोबार भएको पाइएको छ ।

सरकारी अधिकारीहरूका अनुसार गत महिनामा १६.८ प्रतिशतले अनलाइनबाट किन्नेहरूको संख्यामा वृद्धि भएको हो । यो संख्या सन् २००१ देखिकै सबैभन्दा धेरै भएको बताइएको छ । दक्षिण कोरियामा अहिले पनि दैनिक १५ सयभन्दा बढी संक्रमित थपिने गरेका छन् भने केही अहिले पनि संक्रमित अवस्थामै रहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x