Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालईपीएलको उपाधि चितवन टाइगर्सलाई

ईपीएलको उपाधि चितवन टाइगर्सलाई


काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा शनिबार सम्पन्न भएको चौथो संस्करणको ईपीएल फाइनल खेलमा पोखरा राइनोजलाई चार विकेटले पराजित गर्दै चितवनले पहिलो पटक उपाधि जितेको हो ।

उपाधिसँगै चितवनले ५० लाख रूपैयाँ प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको पोखराले १५ लाख रूपैयाँमा चित्त बुझाएको छ । पोखराले दिएको एक सय १२ रनको लक्ष्य चितवनले १५ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर पूरा गरेको हो । चितवनको जितमा भीम सार्कीले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४५ बलमा सात चौका र दुई छक्का प्रहार गरे । यस्तै दिलिपनाथले १८ रन जोड्दा राजेश पुलामीले १४ रन बनाए ।

त्यस्तै मोहमद साहजदले ११ रन जोडे भने कप्तान सोमपाल कामी चार रनमा अविजित रहे । पोखराका किशोर महतोले चार विकेट लिए भने नन्दन यादवले दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १ सय ११ रनमा समेटिएको थियो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए भने रिचार्ड लेभीले २६ रन जोडे । विपिन रावलले १७, कप्तान विनोद भण्डारीले २२ तथा किशोर महतो एक रनमा अविजित रहे ।

त्यस्तै विवेक यादव चार, रित गौतम दुई, सहन अर्चाचिगे दुई, विक्रम सोब एक रनमा आउट हुँदा लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए । पोखरालाई सस्तैमा समेट्ने क्रममा चितवनका कमलसिंह ऐरीले चार विकेट लिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले दुई/दुई विकेट लिए । सोमपाल कामी र सागर ढकालको नाममा एक/एक विकेट रह्यो । व्यक्तिगत विधातर्फको उपाधि पनि चितवनकै बर्चस्व रह्यो ।

चितवनका स्पिनर सागर ढकाल प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् । उपाधिसहित उनले बजाज पल्सर एनएस २०० सिसी मोटरसाइकल प्राप्त गरेका छन् । त्यस्तै चितवनकै भीम सार्की उदीयमान खेलाडी (इमर्जिङ प्लेयर) चुनिएका छन् । चितवनकै कमलसिंह ऐरी डेर टु ड्रिम अर्वाड पाएका छन् । भीम र कमलले जनही ५१ हजार रूपैयाँ प्राप्त गरेका छन् । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x