टेस्लाले मुख्यालय क्यालिफोर्नियाबाट टेक्सस सार्ने
अमेरिका । विद्युतीय कार निर्माता टेस्लाले अमेरिकास्थित आफ्नो मुख्यालय अर्को राज्यमा सार्ने घोषणा गरेको छ । कम्पनीका प्रमुख एलन मस्कले क्यालिफोर्नियाबाट टेक्ससमा मुख्यालय सार्नलागेको जानकारी दिएका हुन् ।
अस्टिनमा सेयर : धनीहरुसँगको वार्षिक बैठकमा प्रमुख कार्यकारी मस्कले यस्तो घोषणा गरेको बताइएको छ । क्यालिफोर्नियाका स्थानीय राजनीतिज्ञहरुसँगको विवादपछि अलामेदा काउन्टीमा रहेको मुख्य कारखानाको स्थान परिवर्तन गर्न लागिएको बुझिएको छ । यद्यपि उनले यसबारे धेरै कारण रहेको बताएका छन् । सेयरधनीहरुलाई फ्रिमन्टस्थित फ्याक्ट्री जाम भएको मस्कले बताएका थिए । यसबाहेक कारखानामा काम गर्नेलाई बसाइको समस्या भएको पनि उनले सेयरधनीसँग बताएको बुझिएको छ ।
गत मे महिनामा फ्रिमन्टको प्लान्ट बन्द गर्न स्थानीय सरकारी अधिकारीले टेस्लालाई निर्देशन दिएपछि मस्क रुष्ट हुँदै आएका थिए । हेडक्वार्टर सार्ने बताए पनि उनले क्यालिफोर्निया र नेवाडाको कारखानाबाट उत्पादन क्षमता ५० प्रतिशतले बढाउने बताएका थिए । त्यसो त टेक्सस रोज्ने टेस्ला एक्लो कम्पनी भने होइन । यसअघि सन् २०२० मा प्रविधि कम्पनी ओरेकलले पनि सिलिकन भ्यालीबाट अस्टिन सर्ने घोषणा गरेको थियो । यसबाहेक प्रविधि कम्पनी एचपी, कार निर्माता टोयोटाले पनि क्यालिफोर्नियाबाट टेक्सस सरेका थिए ।
क्यालिफोर्निया राज्यमा कडा श्रम कानुन रहेको छ भने बसाइ लागत र कर पनि बढी नै छ । अन्य राज्यमा भने यस्तो छैन । टेक्ससमा भने यी दुवै कुरा सस्तो र खुकुलो रहेका कारण कम्पनीको पहिलो रोजाइमा पर्ने गरेको छ । मस्क आफैँले समेत क्यालिफोर्नियाबाट आफ्नो निवास गत वर्षको अन्त्यतिर टेक्सस सारेका थिए । उनकै स्पेस एक्स रकेट कम्पनीले दक्षिणी टेक्ससमा प्रक्षेपण स्थल बनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया