मलेसियामा बेरोजगारी दर घट्यो
क्वालालम्पुर । मलेसियामा गत अगस्ट महिनामा बेरोजगारी दर घटेको छ । गत जुलाईमा बेरोजगारी दर ४.८ प्रतिशत रहेकोमा अहिले अगस्टमा घटेर ४.६ प्रतिशत पुगेको अधिकारीहरुले जनाएका छन् । उनीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समयमा आर्थिक गतिविधि बढ्न थालेकाले बेरोजगारी दर घटेको हो ।
‘कोरोनाभाइरसको महामारीका कारण न्युन हुदै गएको आर्थिक गतिविधि पछिल्लो समय बढ्दै गएको छ, त्यसैले बेरोजगारी दर घटेको हो’, एक अधिकारीले भने । मलेसियामा खोप लगाउन योग्य मध्ये झण्डै ८८ प्रतिशतले खोप लगाएकाले पनि महामारी कम हुँदै गएको र आर्थिक गतिविधि बढी हुदै गएको हो । ‘महामारी न्यूनीकरण भएको सकारात्मक अवस्थाले अर्थतन्त्रमा पनि सकारात्मक नतिजा दिएको हो’, एक अधिकारीको भनाइ छ । (रासस-सिन्ह्वा)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया