Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसम्पन्न क्यापिटलले २६ प्रतिशत लाभांश दिने

सम्पन्न क्यापिटलले २६ प्रतिशत लाभांश दिने


काठमाडौं । सम्पन्न क्यापिटल एन्ड एडभाइजरी लिमिटेडले आफ्नो पहिलो साधारणसभा शुक्रबार सम्पन्न गरेको जानकारी दिएको छ । सभामार्फत संस्थाले आर्थिक वर्ष २०७७/२०७८ को मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयेर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि जम्मा पुँजीको एक दशमलव ३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पास गरेको छ । बोनसपश्चात् संस्थाको चुक्ता पुँजी तीन करोड ८४ लाख ९७ हजार हुनेछ ।

संस्थाले पुरानै कार्यसमितिलाई अनुमोदन गरेको छ भने हकप्रद सेयर निस्कासन गर्ने अख्तियारी समेत सञ्चालक समितिलाई दिएको छ । अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष जोसेफ अधिकारीले संस्थाले चालू आर्थिक वर्षमा पुँजी वृद्धि गर्दै लगानी व्यवस्थापक र भेन्चर क्यापिटलसम्बन्धी कार्य गर्ने अनुमतिपत्र लिने जानकारी दिए ।

त्यस्तै गरी संस्थाले आगामी आर्थिक वर्षभित्र ५० हजार डिम्याट खाता खोल्ने योजना बनाएको छ । सम्पन्न क्यापिटल एन्ड एडभाईजरी लिमिटेड नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त कर्पोरेट एडभाइजरी सेवा प्रदान गर्ने मर्चेट बैंकर हो । संस्थाले निक्षेप सदस्यको कार्य समेत गर्दै आएको छन् । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x