काठमाडौं । नेपाली युवा उद्यमी मञ्ज (एनवाईईएफ) वीरगञ्ज र लेडिज सर्कल नेपालको सहकार्यमा शुक्रबार वीरगञ्जमा युवा महिला उद्यमी सम्मेलन सम्पन्न भएको छ । मोफसलमै पहिलोपटक भएको यस्तो सम्मेलनको प्रदेश २ का ऊर्जा तथा खानेपानी विकासमन्त्री ओमप्रकाश शर्माले उद्घाटन गरेका हुन् ।
सो अवसरमा मन्त्री शर्माले आर्थिक रुपमा महिला सशक्तीकरणविना देशको आर्थिक कल्पना गर्न नसकिने बताए । आर्थिक रुपमा महिला सशक्तीकरणको विषय अगाडि आए पनि नेपालका सन्दर्भमा अझै पनि महिलाले आर्थिक क्रियाकलापमा सहभागिताको समान अवसर नपाएको मन्त्री शर्माले दाबी गरे । उद्यम व्यापारमा युवा महिलालाई अघि बढाउन नीतिगत सुधार र योजनाको आवश्यकता मन्त्री शर्माले औँल्याए ।
उनले प्रदेश नं. २ को सरकार महिला उद्यमशीलता प्रवर्द्धनमा प्रतिबद्ध भएको पनि उल्लेख गरे । उद्यमशीलता अघि बढाउन सरकार र उद्यमीबीच समन्वय र सहकार्य जरुरी भएको उनको भनाइ थियो । उनले प्रदेश २ का उद्यमी महिलालाई ऊर्जामा सहुलियत दिने आश्वासन पनि दिए । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले उद्यम व्यापारका क्षेत्रमा महिलाको उल्लेख्य सहभागितामा जोड दिँदै महिला उद्यमी र उद्यमशीलता प्रवर्द्धनमा संघले सहकार्य गर्दै आएको बताए ।
एनवाईईएफका केन्द्रीय अध्यक्ष उदीप श्रेष्ठले एनवाईईएफले युवा उद्यमशीलताका सवालमा युवालाई अघि बढाउन पहल गरेको बताए । उनले सो अवसरमा संस्थाको स्थापना र उद्देश्यका बारेमा जानकारी दिएका थिए । एनवाईईएफ महिला उद्यमी अध्यक्ष सहारा जोशीले उद्यम व्यापारमा युवा महिलाको अग्रसरता अपेक्षित रुपमा हुन नसकेको बताइन् । उनले उद्यममा महिला नेतृत्वको आवश्यकतामा जोड दिइन् । कुनै पनि क्षेत्रको विकासका युवा सहभागिता महत्वपूर्ण हुने उनले बताइन् । एनवाईईएफ वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले मोफसलमै पहिलोपटक वीरगञ्जमा युवा महिला उद्यमी सम्मेलन भएको बताए । सम्मेलनबाट महिला उद्यमीलाई प्रोत्साहन मिल्ने उनले बताए ।
सफल तथा स्टार्टअप उद्यमीबीचको अन्तर्क्रियात्मक सम्मेलनले नयाँ उद्यमी वा उद्यमका अग्रसर हुन चाहनेहरुलाई अघि बढ्न हौसला मिल्ने अग्रवालको दाबी थियो । महिला उद्यमशीलताको विकास र समस्या समाधानमा सम्मेलन सहयोगी हुने विश्वास पनि उनले व्यक्त गरे । सो अवसरमा एनवाईईएफले वीरगञ्जकी ८० वर्षीया महिला उद्यमी भगवती अग्रवाललाई सम्मानित गरेको छ । अर्थतन्त्रमा महिलाको सक्रिय सहभागिताबारेमा अन्तर्क्रिया र महिलाहरूको उद्यमयात्राको अनुभव आदानप्रदान पनि भएको थियो । सम्मेलनमा सयभन्दा बढी महिला उद्यमीको सहभागिता थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया