चरीकोट बहुउद्देश्यीय भवन निर्माण अन्तिम चरणमा
दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाको चरीकोट सातदोबाटो चोकमा निर्माणाधीन अवस्थामा रहेको चरीकोट बहुउद्देश्यीय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भवन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी श्याम सुन्दर निर्माण सेवाले आयोजनाको काम अन्तिम चरणमा पुगेको जनाएको छ । भवनको ९९ प्रतिशत काम सम्पन्न भएको भवन निर्माण कम्पनीले जनाएको छ ।
सार्वजनिक शौचालयसहित सदरमुकाम चरीकोट चोकमा निर्माणाधीन पाँच तलाको व्यावसायिक भवन निर्माणको लागि अर्थिक वर्ष २०७६/७७ को असारमा नगरपालिकाले श्याम सुन्दर निर्माण सेवालाई जिम्मा दिएको थियो । भवन निर्माणको लागि नगर विकास कोषको ८० प्रतिशत अनुदान रहेकोे छ । त्यस्तै १० प्रतिशत सरल ऋण रहेको छ । त्यसैगरी नेपाल सरकारको ७ प्रतिशत अनुदान तथा भीमेश्वर नगरपालिकाको २ दशमलव ५ प्रतिशत अनुदानमा भवन निर्माण भइरहेको श्याम सुन्दर निर्माण सेवामा कार्यरत फिल्ड प्राविधिक सुवास दाहालले जानकारी दिए । भवन निर्माणका लागि तीनवटा निकायले १२ करोड ७६ लाख ३२ हजार सात सय रूपैयाँ लगानी गरेका छन् ।
सो भवन मंसिर महिनामा हस्तान्तरण गर्ने तयारी रहेको प्राविधिक दाहालले बताए । भवनको बाहिरी भागमा रङ्ग लगाउन र भवनको टपमा आंशिक काम मौसमले साथ नदिँदा रोकिएकाले झरी रोकिनेबित्तिकै काम हुने भवन निर्माण कम्पनीका साइट इन्चार्ज अर्जुन दाहालले बताए । यस भवनमा दोलखा जिल्लाभित्रका र भीमेश्वर नगरपालिका आसपासका स्थानीय व्यवसायीहरूले कानुनी रूपमा नगरपालिकाको नियमअनुसार व्यवसाय गर्न पाउनेछन् ।
नगरपालिकाले अस्तव्यस्त रूपमा सडकपेटीमा कृषिलगायतका अन्य व्यापार गर्दै आएका व्यापारीहरूलाई व्यवस्थित बनाउने उद्देश्यले भवन निर्माण गरेको भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतले जानकारी दिइन् । निर्माणाधीन अवस्थामा रहेको पाँचतले भवनमा करिब एक सयभन्दा बढी व्यापारीले नियमित व्यवसाय गर्न पाउनेछन् । जिल्ला सदरमुकाम चोक बनेको उक्त भवनले सदरमुकामको सौन्दर्य फेर्नुको साथै छरपस्ट सडकपेटीका साना व्यापारीलाई सटरमा ल्याउनेछ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया