काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणालाई पदबाट राजीनामा दिन सुझाव दिएको छ । बारको सोमबार बसेको पदाधिकारी बैठकले प्रधानन्यायाधीश राणालाई राजीनामा दिन सुझाव दिएको हो ।
बारको बैठकले न्यायपालिकाको गरिमा बचाउनका लागि प्रधानन्यायाधीशले ‘निकास’ दिनुपर्ने निष्कर्ष निकालेको बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले बताए । बारको पदाधिकारीहरूले बैठकमा प्रधानन्यायाधीशले राजीनामा दिए मात्रै न्यायालयको गतिरोध अन्त्य हुने सुझाव दिएका थिए । तर यस सम्बन्धमा बारले सल्लाहकार समितिको बैठक राखेर मात्रै औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
बारले मंगलबारका लागि सल्लाहकार समितिको बैठक आह्वान गरेको छ । बारको सल्लाहकार समितिमा पूर्वअध्यक्षहरू, उपत्यका बारका पदाधिकारी र नेपाल बारका पूर्वपदाधिकारीको सहभागिता हुनेछ । यस्तै सर्वोच्चका अन्य न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, बारका पूर्वअध्यक्ष, पूर्वमहान्यायाधिवक्ता, बरिष्ठ अधिवक्ता, अधिवक्ता तथा नागरिक समाजले पनि प्रधानन्यायाधीशलाई राजीनामा दिन सुझाव दिएका छन् । प्रधानन्यायाधीशलाई राजनितिक भाग खोजेको, न्यायापालिकाभित्र हुकुमी शासन चलाएको, स्वार्थ बाझिने मुद्दामामिलामा मिलेमतोमा इजलास तोक्ने गरेको आरोप लागेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सानीमा बैंकको शाखा काठमाडौंको थलीमा
- मोरङ ट्राफिकको कार्यशैली विवादित
- खल्तीका ग्राहकको गोपनीयतामाथि गम्भीर खेलबाड
- कर्णाली डेभलपमेन्ट बैंकमा समस्या
- यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया