बैंक अफ काठमाण्डू र काठमाडौँ गेस्ट हाउसबीच सम्झौता
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र काठमाडौँ गेस्ट हाउसबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई कला संग्रहालयको प्रवेश शुल्कमा ५० प्रतिशत र अन्य सेवा तथा सुविधाहरूमा १५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
सम्झौतापश्चात् ग्राहकहरूले काठमाडौँ गेस्ट हाउसको म्युजियम अफ नेपाल आर्टस प्रवेश शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । साथै काठमाडौँ गेस्ट हाउस समूहअन्तर्गत विभिन्न ७ स्थानहरू काठमाडौँ गेस्ट हाउस, ठमेल, माया मानोर बुटिक होटल, हात्तीसार, पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठ, मारुनी स्यान्चुरी लज, चितवन, हिमालयन फ्रन्ट भ्यू होटल, पोखरा, वाटरफ्रन्ट रिसोर्ट, पोखरा तथा बुद्धमाया गार्डेन, लुम्बिनीमा उपलब्ध हुने सम्पूर्ण सेवाहरूमा एकमुष्ट १५ प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
काठमाडौँ गेस्ट हाउस ग्रुपले विगत ५० वर्षदेखि देशको प्रमुख सहरहरूबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरू, ८० एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सानीमा बैंकको शाखा काठमाडौंको थलीमा
- मोरङ ट्राफिकको कार्यशैली विवादित
- खल्तीका ग्राहकको गोपनीयतामाथि गम्भीर खेलबाड
- कर्णाली डेभलपमेन्ट बैंकमा समस्या
- यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया