Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी लाइफ इन्स्योरेन्सको राष्ट्रिय सम्मेलन

महालक्ष्मी लाइफ इन्स्योरेन्सको राष्ट्रिय सम्मेलन


काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । कम्पनीका अनुसार यही कात्तिक ५ र ६ गते भएको सम्मेलनमा देशभरिका ६० शाखा, उपशाखा प्रमुखहरू, १४ क्षेत्रका क्षेत्रीय प्रमुखहरू तथा प्रधान कार्यालयका अधिकृतहरूको सहभागिता रहेको थियो ।

सम्मेलनको पहिलो दिन चौध क्षेत्रका क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख र एरिया शाखा प्रमुखहरूले आ–आफ्नो क्षेत्रको व्यावसायिक प्रतिवेदन पेस गरेका थिए । प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रतिस्पर्धी कम्पनीहरूको अवस्था, कम्पनीको व्यावसायिक कारोबार र लक्ष्य प्राप्तिको लागि अपनाइने आगामी रणनीति तथा कार्यक्रम बारेमा क्षेत्रगत छलफल भएको थियो ।

कार्यक्रमको दोस्रो दिन कात्तिक ६ गते कम्पनीका सम्पूर्ण कार्यालयप्रमुख र अधिकृतहरू सहभागी भएको नेसनल बिजनेस मिट २०७८ राष्ट्रिय सम्मेलन सम्पन्न गरियो । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले उद्घाटन गरेको उक्त सम्मेलनमा स्वागत मन्तव्य वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले व्यक्त गरे । त्यसैगरी नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले त्रैमासिक व्यावसायिक समीक्षा गरे भने अर्का नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागीहरूलाई कम्पनीको बीमा योजनाहरूको बारेमा तालिम प्रदान गरेका थिए ।

Open photo

सम्मेलनको अन्त्यमा २०७८–०७९ को प्रथम त्रैमासमा तोकेको लक्ष्य प्राप्त गर्ने २९ जना कार्यालयप्रमुखहरूलाई प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत र सम्मान गरेका थिए । सम्मेलनले दोस्रो त्रैमासको शाखा उपशाखा र क्षेत्रको व्यावसायिक लक्ष्य निर्धारण गरेको थियो । बीमा जनचेतना अभिवृद्धिको लागि यो आर्थिक वर्षभित्र सबै शाखा उपशाखाले आ–आफ्नो क्षेत्रमा युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न गर्ने निर्णय गरियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले युवासँग महालक्ष्मी लाइफ कार्यक्रम विषयमा विस्तृत जानकारीको साथै तालिम प्रदान गरेका थिए । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x