टाटा मोटर्सले विद्युतीय सवारीसाधनमा डेढ खर्ब लगानी गर्ने
नयाँ दिल्ली । भारतीय सवारीसाधन निर्माता टाटाले विद्युतीय सवारीसाधनमा दुई अर्ब अमेरिकी डलर (डेढ खर्ब भारु) लगानी गर्ने भएको छ । कम्पनीले आगामी चार वर्षभित्र उक्त क्षेत्रमा लगानी गर्ने भएको हो ।
यो अवधिमा १० नयाँ विद्युतीय सवारीसाधन बजारमा ल्याउने कम्पनीको तयारी छ । केही वर्षअघि घाटामा रहेको कम्पनीको प्यासेन्जर भेहिकल डिभिजनले यो नतिजा उल्ट्याउने आशा गरेको छ । एउटा निजी स्वपुँजीसम्बन्धी कम्पनी टीपीजी राइज क्लाइमेटले टाटा मोटर्सको प्यासेन्जर इलेक्ट्रिक भेहिकलमा एक अर्ब डलर लगानी गर्ने बताएसँगै कम्पनीले लगानी गर्नलागेको हो । टाटाको प्यासेन्जर इलेक्ट्रिक भेहिकल्स डिभिजनको कुल मूल्यांकन नौ अर्ब १० करोड डलर मूल्यांकन गरी उक्त कम्पनीले लगानी गर्नलागेको बताइएको छ ।
टाटा मोटर्सको प्यासेन्जर भेहिकल्स बिजनेस युनिटका अध्यक्ष शैलेश चन्द्रले पनि कम्पनीसँग ठूला विद्युतीय सवारीसाधन बजार ल्याउने बलियो योजना रहेको बताए । आगामी चारदेखि पाँच वर्षसम्ममा कुल बिक्रीको २० प्रतिशत हरित ऊर्जाले ओगट्ने कम्पनीको आशा रहेको उल्लेख गरे । टाटाले अहिले दुई विद्युतीय कार बजारमा ल्याएको छ । नेक्सन र टिगोर ईभी बजार पुगेका छन् । यी कारको प्रतिमहिना बुकिङ तीन हजारदेखि ३५ सय युनिटसम्म रहेको छ ।
माग यस्तो रहँदा कम्पनीले भने अहिले एक हजार युनिटवरिपरि मात्रै डेलिभर गर्न सकेको छ । त्यही कारण कम्पनीले अहिले लगानीकर्ता खोजिरहेको उनले बतााए । विद्युतीय सवारीसाधनका लागि मात्रै कम्पनीले दुई अर्ब अमेरिकी डलर लगानी भित्र्याउन खोजिरहेको छ । यसबाटै १० वटा नयाँ विद्युतीय गाडी ल्याउन सकिने कम्पनीको ठम्याइ छ । यसबाहेक उक्त लगानीले उत्पादन क्षमता, चार्जिङ पूर्वाधार र बौद्धिक सम्पत्ति निर्माण गर्न सकिने उनले बताए ।
गत सेप्टेम्बरमा कम्पनीले आफ्ना विद्युतीय उत्पादन १० हजार युनिट बिक्री भएको र त्यसमा पनि नेक्सनको योगदान ठूलो रहेको बताएको थियो । भर्खरैमात्र कम्पनीले विद्युतीय सेडान कार टिगोरको अपग्रेड गरेको थियो । यसले माग बढाउने कम्पनीको आशा छ । यो त छँदै छ कम्पनीले अहिलेकै डिजेल र पेट्रोलमा चल्ने केही कारलाई पनि विद्युतीयमा रुपान्तरण गर्नेबारे सोचिरहेको टाइम्स अफ इन्डियाले जनाएको छ । त्यसमा अल्ट्रोज ह्याचब्याक र भर्खरै लन्च भएको मिनि एसयूभी पन्च पनि रहेको छ ।
चन्द्रका अनुसार १० नयाँ उत्पादनहरु भने एसयूभी र मिश्रित कारहरु हुनेछन् । यी सबै पूर्ण विद्युतीय कार हुनेछन् । टाटा मोटर्सको प्यासेन्जर भेहिकल बिक्री पनि पछिल्लो समय बढिरहेको छ । नेक्सन एसयूभी, टियागो र अल्ट्रोज तथा अफरोड गाडीहरु ह्यारियर र सफारीको बिक्री पनि बढिरहेको कम्पनीले जनाएको छ । केही उत्पादन सेमिकन्डक्टर चिपको अभावमा होल्ड भए पनि कम्पनीले एक महिनामा औसतमा ३० हजार युनिट सवारीसाधन बिक्री गरिरहेको बताइएको छ । त्यसमा पन्च थपिँदा औसतमा कम्पनीले ४० हजार युनिट पु¥याउनसक्छ । यसले भारतमा हुन्डाईको दोस्रो ठूलो कार बिक्रेताको स्थान धरापमा पार्न सक्ने आकलन छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा
- ‘बीबी माइनस ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटी’
- ट्रम्पका कारण चीन, क्यानडा र मेक्सिकोको मुद्रा अवमूल्यन
- दुर्गा प्रसाईंको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
- एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुन: बोलपत्र आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया