Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डू र नेपाल पेमेन्ट सोलुसन्सबीच सम्झौता

बैंक अफ काठमाण्डू र नेपाल पेमेन्ट सोलुसन्सबीच सम्झौता


काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेड र नेपाल पेमेन्ट सोलुसन्स प्रालिबीच गुणस्तरिय डिजिटल सेवाको लागि सम्झौता भएको छ । बैंकका अनुसार आफ्ना ग्राहकहरूलाई समयसापेक्ष गुणस्तरीय सेवा दिँदै आइरहेको र यस्तै गुणस्तरीय डिजिटल सेवालाई अझै विस्तारित गर्न बैंकले नेपाल पेमेन्ट सोलुसन्ससँग सहकार्यको लागि सम्झौता गरिएको हो ।

सम्झौताअनुसार बिओकेका ग्राहकहरूले नेपाल पेमेन्ट सोलुसन्सबाट उपलब्ध हुने सेवाहरू रकम स्थानान्तरण, वालेटहरूमा रकमान्तर तथा अन्य थुप्रै सेवा तथा सुविधाहरू पाउन सक्नेछन् । उक्त सम्झौतामा बैंकको तर्फबाट अमर राजभण्डारी र दिलन शाक्य तथा नेपाल पेमेन्ट सोलुसन्स प्रालिको तर्फबाट प्रताप श्रेष्ठ र सिमन श्रेष्ठले एक समारोहका बीच हस्ताक्षर गरेका छन् ।

नेपाल पेमेन्ट सोलुसन प्रालि एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेषगरी बैंक तथा वित्तिय संस्थाहरू, पीएसपीहरू, रेमिट्यान्स कम्पनीहरू र व्यावसायिक क्षेत्रहरूमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकांश बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गरी काम गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x