८७ उद्योगमा १ खर्ब ४६ अर्ब लगानी प्रस्ताव
काठमाडौं । चालू आर्थिक वर्ष ०७८/०७९ को पहिलो त्रैमासिकमा उद्योगमा एक खर्ब ४६ अर्ब लगानी प्रस्ताव आएको छ । स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले ८७ वटा उद्योग तथा आठ हजार एक सय ३४ जनालाई रोजगारी दिने शर्तसहित सो लगानी प्रस्ताव गरिएको उद्योग विभागले जानकारी दिएको छ । विभागले आफ्नो तीन महिनाको परिणमाममुखी प्रगति विवरणमा सो कुरा उल्लेख गरेको हो ।
प्रगति विवरण लगानी, उद्योग दर्ता, बौद्धिक सम्पत्ति, कारबाही र खर्चलगायतका विवरण विभागले समावेश गरेको छ । प्रगति विवरणअनुरुप प्रथम त्रैमासिकमा विदेशी लगानीकर्ताहरुले २४ अर्ब प्रस्ताव गरेका छन् भने एक सय सातवटा विदेशी लगानी स्वीकृत गराएका छन् । सोही अवधिमा उनीहरुले विदेशी लगानी परियोजनाहरुमा सात हजार एक सय ९५ जनालाई रोजगारी दिने समेत बताएका छन् ।
तीन महिनाको अवधिमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले सबैभन्दा बढी ऊर्जा, उत्पादनमूलक, सेवामूलक, पर्यटन, कृषि तथा वन पैदावरमा आधारित, पूर्वाधार र सूचना प्रविधि लगानी स्वीकृत गराएका छन् । उनीहरुले ६६ अर्ब ९६ करोड ऊर्जामा, २७ अर्ब ५७ करोड उत्पादनमूलक, १७ अर्ब १३ करोड सेवामूलक, आठ अर्ब ४७ करोड पर्यटन, एक अर्ब ३८ करोड कृषि तथा वन पैदावरमा आधारित, ४४ करोड पूर्वाधार र २० करोड सूचना प्रविधिजन्य उद्योगमा लगानी गर्न लागेका हुन् । योसँगै चालू आर्थिक वर्षको सोही अवधिको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा ५९ अर्ब ८१ करोड लगानी कम आएको छ ।
स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले गत आर्थिक वर्ष ०७७/०७८ को सोही अवधिमा सबैभन्दा बढी ऊर्जा, उत्पादनमूलक, पर्यटन, सेवामूलक, कृषि तथा वन पैदावरमा आधारित र सूचना प्रविधिजन्य उद्योगमा लगानी गरेका थिए । उनीहरुले ५१ अर्ब २४ करोड ऊर्जा, तीन अर्ब करोड उत्पादनमूलक, दुई अर्ब ९० करोड पर्यटन, दुई अर्ब ५३ करोड सेवामूलक, दुई अर्ब चार करोड कृषि तथा वन पैदावरमा आधारित र ५५ करोड सूचना प्रविधिजन्य उद्योगमा लगानी गरेका थिए । उनीहरुले ५९ वटा उद्योग र तीन हजार छ सय जनालाई रोजगारी दिने उद्देश्यले सो लगानी प्रस्ताव गरेका थिए ।
प्रथम त्रैमासमा नौ सय १० वटा ट्रेडमार्क दर्ता, पाँचवटा डिजाइन विभागमा दर्ता भएको छ । सोही अवधिमा भने ५४ वटा ट्रेडमार्कसम्बन्धी मुद्दा कारबाही गरेको छ । सोही अवधिमा सबैभन्दा धेरै ३४ वटा मझौला र त्यसपछि क्रमशः २७ वटा साना उद्योग र २६ वटा ठूला उद्योग विभागमा दर्ता भएका छन् । विभागले ऊर्जा, उत्पादनमूलक, सेवामूलक, पर्यटन, कृषि तथा वन पैदावरमा आधारित र सूचना प्रविधि गरी छ प्रकारको उद्योग दर्ता गर्ने गर्दछ । विदेशी लगानीकर्ताहरु भने प्रत्यक्ष विदेशी लगानीमार्फत नेपालको उद्योग क्षेत्रमा लगानी गर्दछन् ।
यस्तै विभागले नियमविपरीत सञ्चालन गरेका उद्योगहरुलाई कारबाही समेत गरेको पाइन्छ । सोही क्रममा बढी प्रदूषण हुने तीनवटा उद्योगहरुमा वातावरण व्यवस्थापन प्रणाली (ईएमएस) लागू गरी अन्तर्राष्ट्रिय गुणस्तर १४००१ः२०१५ को तयारी अवस्थामा पु-याउने कार्यक्रम कार्यान्वयन गर्न सार्वजनिक खरिद ऐनबमोजिम परामर्शदाता छनौट भई खरिद सम्झौतासहित कार्यदिशा प्रदान गरिएको छ ।
नेपालमा कच्चा पदार्थ उपलब्ध हुने र तुलनात्मक लाभ भएका औद्योगिक लगानीका क्षेत्रको पहिचानसम्बन्धी अध्ययन गर्ने (प्रदेशगत विभाजका आधारमा) कार्यक्रम कार्यान्वयन गर्न सार्वजनिक खरिद ऐनबमोजिम परामर्शदाता छनौट भई खरिद सम्झौतासहित कार्यादेश प्रदान गरिएको समेत विभागले आफ्नो प्रथम त्रैमासिक प्रगति विवरणमा उल्लेख गरेको छ ।
तीन महिनामा २१ करोड ४५ लाख खर्च : विभागले आफ्नो प्रगति विवरणमा प्रथम त्रैमासिकमा विनियोजित रकमको ९८ प्रतिशत अर्थात् २१ करोड ४५ लाख रुपैयाँ खर्च गरेको जनाएको छ । चालूतर्फ करिब शतप्रतिशत खर्च गर्दा पुँजीगततर्फ ४३ प्रतिशत खर्च गरेको छ । चालू शीर्षकमा २१ करोड २९ लाख र पुँजीगत शीर्षकमा १६ लाख खर्च गरेको छ । विभागले प्रथम त्रैमासिकको लागि २१ करोड ५० लाख चालू शीर्षक र ३७ लाख पुँजीगत शीर्षकका लागि बजेट विनियोजन गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
- रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
- विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया