Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयूएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षाका विषयमा दुई देशमा मन्त्रीबीच छलफल

यूएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षाका विषयमा दुई देशमा मन्त्रीबीच छलफल


काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधन मन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच यूएईमा कार्यरत नेपाली श्रमिकको हक, हित र सामाजिक सुरक्षाका विषयमा छलफल भएको छ ।

दुई देशका मन्त्रीबीच बुधबार भएको भेटवार्तामा नेपाल–यूएई द्विपक्षीय बैठक आयोजना गर्ने, यूएई जाने नेपाली कामदारलक्षित सीपमूलक तालिम सञ्चालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार यूएई पठाउने, सामाजिक सुरक्षा योजना विस्तार गर्नेलगायका विषयमा छलफल भएको हो ।

यस्तै आबुधाबी डायलगको छैटौँ मन्त्रीस्तरीय वैठकमा सहभागी नेपाली टोलीले आबुधाबीमा अन्य कूटनीतिक भेटघाट समेत गरेको छ । नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्दै आएका समस्या समाधानमा केन्द्रित रहेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले कतार, साउदी अरेविया र मलेसियाका समकक्षीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

यस्तै कतारसँगको सचिवस्तरीय बैठकमा द्विपक्षीय श्रम सम्झौता, नोभेम्बर ८ र ९ मा हुने संयुक्त बैठकको तयारीका साथै नेपाली श्रमिकलक्षित तालिम केन्द्र स्थापनाको विषयमा छलफल भएको थियो । साउदी अरेबियासँगको सचिवस्तरीय बैठकमा द्विपक्षीय श्रम सम्झौता, श्रमिकको क्षमता परीक्षण प्रणालीमा साउदी सरकारको सहयोग लिने विषयका साथै नेपाली श्रमिकलक्षित तालिम केन्द्र स्थापनाको विषयमा छलफल भएको बताइएको छ ।

यसैगरी मलेसियासँगको सचिवस्तरीय वैठकमा संयुक्त समितिको बैठक छिटो आयोजना गर्ने, सामाजिक सुरक्षाको दायरा वृद्धि गर्ने र नेपाली श्रमिकको मृत्युको कारण र रोकथामका साथै मलेसियामा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन सहजीकरण गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. थानेश्वर भुषालले बताए ।

उपसचिव भुषाललाई रिसर्ज अवार्ड : श्रमिक पठाउने र लिने देशहरूको साझा फोरम आबुधाबी डायलगमा आप्रवासी कामदारको विषयमा अनुसन्धनात्मक प्रतिवेदन प्रस्तुत गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. थानेश्वर भुषालले रिसर्ज अर्वाड प्राप्त गरेका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x