१० खर्ब डलर मूल्यवान् कम्पनी बन्यो टेस्ला
अमेरिका । अमेरिकी विद्युतीय कार निर्माता टेस्लाको बजार मूल्यांकन १० खर्ब डलर नाघेको छ । यति धेरै सम्पत्ति मूल्यांकन हुने टेस्ला पाँचौँ कम्पनी हो । एक लाखवटा कार किन्न भाडामा कार सेवा उपलब्ध गराउने कम्पनी हर्ट्जले अर्डर गरेसँगै कम्पनीको सेयर १२.६ प्रतिशतले आकाशिएको थियो । यही कारण कम्पनीको बजार मूल्यांकन नै ह्वात्तै बढेको हो । टेस्ला बेलाबखत विश्वकै मूल्यवान् कम्पनी भए पनि फोर्ड जीएमजस्ता कम्पनीले धेरै कार उत्पादन गर्छन् ।
यसअघि एप्पल, माइक्रोसफ्ट, अमेजन र गुगलको मातृकम्पनी अल्फाबेटले यो स्थान लिइसकेका छन् । धेरै वर्षसम्म टेस्लाले कार उत्पादन बढाउन नै संघर्ष गर्नुपरेको थियो । त्यतिबेला केही लगानीकर्ताले त यो कम्पनी डुब्छ सम्म भन्ने गरेका थिए । तर गत वर्ष अर्बपति एलन मस्कले नेतृत्व गरेको कम्पनीले पहिलोपटक नाफा देख्नसक्यो । योसँगै कम्पनीको सेयर बढ्नथालेको हो । सेयर बढेसँगै मस्कको २३ प्रतिशत अहिले दुई खर्ब ३० अर्ब डलर मूल्यवान् भएको छ । हर्ट्जसँगको सम्झौता अहिलेसम्मकै ठूलो मागको सम्झौता हो । यसले विद्युतीय कारप्रतिको विश्वास थप बढाउने अपेक्षा गरिएको छ । हर्ट्जले टेस्लाको मोडल ३ एक लाखवटा कारको लागि चार अर्ब २० करोड अमेरिकी डलर आगाामी १४ महिनामा तिर्नुपर्नेछ ।
कम्पनीले कारको मागसँगै चार्जिङ स्टेसनको सञ्जाल नै निर्माण गर्ने भएको छ । टेस्ला कारले एक पटकको चार्जमा तीन सय ५० माइल यात्रा गर्न सक्छ । तर अमेरिकामा चार्जिङ पूर्वाधारको कमी भएका कारण असहज नै छ । यसलाई बाइडेन प्रशासनले परिवर्तन हुने आशा गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
- रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
- विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया