नेपाल बंगलादेश बैंकद्वारा शुक्रराज ट्रपिकल अस्पताल, टेकुलाई सहयोग
काठमाडौं । नेपाल बंगलादेश बैंकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई सहयोग गरेको छ । नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदयित्वअन्तर्गत ९० भायल रेम्डिसिभिर औषधि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई सहयोग स्वरूप प्रदान गरिएको हो ।
उक्त औषधि बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई हस्तान्तरण गरेका हुुन् । बैंकले कोभिड १९ को संक्रमणको उच्च जोखिमको बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गरेको कार्यको सह्राना गर्दै उक्त अस्पताललाई चयन गरेको जनाएको छ ।
बैंकले सामाजिक उत्तरदायित्वलाई सधैँ उच्च प्राथमिकतामा राख्ने गरेको छ । बैंकले आफ्नो बङ्गलादेशस्थित साझेदार बैंक आईएफआईसी बैंक लिमिटेडसँग मिलेर आर्थिक वर्ष २०७६–०७७ मा पाँच हजार भायल तथा २०७८–०७८ मा पनि पाँच हजार भायल रेम्डेसिभिर नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान गरेको थियो । उक्त औषधि बंगलादेशका लागि नेपालका राजदूत महामहिम वंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा हस्तान्तरण गरिएको थियो । हाल बैंकले एक सयवटा शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएममार्पmत ‘सबैका लागि बैंक’ भन्ने मूल नारासहित सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
- रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया