अर्थ मन्त्रालयद्वारा निक्षेप तथा कर्जा सुरक्षण कोष र नेप्सेमा प्रमुख कार्यकारी अधिकृतको माग
काठमाडौं । अर्थ मन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोष र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा प्रमुख कार्यकारी अधिकृतको माग गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै खुल्ला प्रतिस्पर्धामार्फत दुवै संस्थामा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन माग गरेको हो ।
सोमध्ये अर्थ मन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी नियुक्तिको लागि गठित छनौट तथा सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै खुल्ला प्रतिस्पर्धामार्फत प्रमुख कार्यकारीको लागि दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले जारी गरेको सुचना अधिकारी कोषको प्रमुख कार्यकारी अधिकृतको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन, वाणिज्य कानुन, लेखा, बैंकिङ वा बीमा व्यवसायमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी वा चार्टर्ड एकाउन्टेन्ट उपाधि हासिल गरी आर्थिक, बैंकिङ, बीमा वा वित्तीय क्षेत्रमा कम्तीमा अधिकृत द्वितीया श्रेणी वा सोसरहको पदमा कम्तीमा पाँच वर्ष वा बढीको कार्य अनुभव भएको हुनुपर्नेछ । सूचना कोषको प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त दिने व्यक्ति कम्तीमा ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ । मन्त्रालयका अनुसार प्रमुख कार्यकारीको लागि आवेदन दिने मिति सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात् यही कात्तिक २५ गतेसम्ममा आवेदन दिइसक्नुपर्नेछ ।
यसअघि कोषको प्रमुख कार्यकारी अधिकृतमा विष्णुबाबुु मिश्र रहेका थिए । उनको कार्यकाल यसै महिना सकिएपश्चात् कोष प्रमुख कार्यकारी अधिकृतविहीन रहेको छ । यसैगरी नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदको लागि पनि अर्थ मन्त्रालयले दरखास्त आह्वान गरेको छ । मन्त्रालयले सार्वजनिक रुपमा सूचना जारी गर्दै खुल्ला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान गरेको हो ।
यसअघि नेप्सेको प्रमुुख कार्यकारी अधिकृतको पदमा चन्द्रसिंह साउद रहेका थिए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानासँगै साउद पनि सर्वोत्तम सिमेन्टको सेयर खरिदसम्बन्धी विवादमा तानिएपछि साउदले पदबाट राजीनामा दिएका थिए । उनको राजीनामासँगै प्रमुख कार्यकारीविहीन भएको नेप्सेमा सीईओ नियुक्तिको लागि मन्त्रालयले शुक्रबार १५ दिनको म्याद तोकेर सूचना जारी गरेको हो । मन्त्रालयका अनुसार धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव हासिल गरेको व्यक्तिले नेप्सेको प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन दिन सक्नेछन् ।
यसअघि यही योग्यता तोकेर अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष लागि पनि दरखास्त आह्वान गरेको थियो । सोअनुसार यही कात्तिक ११ गतेको मितिले १५ दिनभित्र अर्थात् यही कात्तिक २५ गतेसम्ममा आफ्नो योग्यतासहित इच्छुक व्यक्तिहरुले बोर्डको अध्यक्ष पदको लागि आवेदन दिनसक्ने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया