Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगग्रामीण कुखुरापालन उपचारमा औषधिजन्य बोटबिरुवाको प्रयोग

ग्रामीण कुखुरापालन उपचारमा औषधिजन्य बोटबिरुवाको प्रयोग


काठमाडौं । पशु चिकित्सामा औषधिको धेरै महत्व हुने गर्दछ । ग्रामीण कृषक आर्थिक कमी, जंगलमा जडीबुटीको प्रचुर उपलब्धताका कारण तथा तिनको औषधिजन्य उपयोगको जानकारी भएका कारण महँगो एलोप्याथिक औषधि कमै गर्ने गर्दछन् । प्रायजसो ग्रामीण किसान परम्परागत घरेलु उपचारमा बढी विश्वास गर्दछन् । परम्परागत औषधिले उपचार गर्दा कुनै नराम्रो असर गर्दैन कम खर्चिलो हुनुको साथै उपचार प्रभावशाली पनि हुने गर्दछ । तर सहरवरिपरिका किसानले भने आफ्नो पशुको उपचार एलोपेथिक औषधि प्रयोग गरी गर्ने गराउँछन् । तर यी औषधिहरूको अत्यधिक प्रयोगले गर्दा जिवाणु विषणु एवं परजीवीमा लामो समयपछि रोग प्रतिकारक शक्ति पैदा हुने गर्दछ । जसका कारण महँगा औषधिको उपयोगगले लाभ हुनको साटो क्षति बढी हुने गर्दछ । यसैले परम्परागत औषधि उपचारको महत्व बढेर जान्छ । कतिपय आदिवासी जनजाति समुदायका पशुपालक विभिन्न खाले औषधिजन्य जडीबुटी बिरुवाको महत्व, गुण एवं दोषबारे जानकार हुने गर्दछन् र तिनको प्रयोग सुझबुझका साथ गर्दछन् ।

धेरै समयदेखि परम्परागत जडीबुटीको परम्परागत ज्ञान जिउँदो राख्ने आवश्यकता महसुस हुँदै छ, नत्र भने यो ज्ञान प्रविधि अघिल्लो पुस्तासँगै लोप भएर जाने खतरा छ । यसका साथै हामीलाई आधुनिक पशु चिकित्सा विज्ञानलाई पनि सँगै लगेर जानुपर्ने पनि छ । हाम्रो प्रयास यो हुनुपर्ने छ कि आधुनिक पशु चिकित्सा विज्ञान तथा परम्परागत पशु चिकित्सा ज्ञानको बीच सेतु स्थापित होस् तथा अदभूत गुण भएका जडीबुटीहरू पशुचिकित्सामा अझ बढी प्रयोग होस् ।

गाउँघरमा कुखुराहरूको रेखदेख राम्रोसँग हुन नसक्नाले कुखुरापालकलाई समुचित फाइदा भई राखेको छैन । ग्रामीण कुखुराहरूमा मृत्युदर बढी हुने गर्दछ । यदि ग्रामीण कुखुरापालनको व्यवस्थापनमा केही सुधार गर्न सकिए कुखुराको रोगहरूको रोकथाम गर्ने हो कुखुरापालक कृषकको आयमा यथोचित बढोत्तरी गराउन सकिन्छ । ग्रामीण कुखुराहरूमा रानीखेत, बिफर रुघा खोकी छेर्नेजस्ता रोग बढी ग्रामीण कुखुराहरूमा रानीखेत बिफर रुघाखोकी छेर्नेजस्ता रोग बढी देखिन्छ ।

यो रोगहरूले ग्रसित कुखुराहरूको उपचार ग्रामीण क्षेत्रमा हुन नसक्नाका कारण कुखुराको मृत्युदर बढी हुने गर्दछ । पशु चिकित्सालय एवं औषधि पसलहरूको सुलभ उपलब्धता नहुनुका कारण उपचार सेवा सुलभ उपलब्ध हुन पाउँदैन । ग्रामीण कृषकलाई वनक्षेत्रमा उपलब्ध औषधिजन्य बिरुवा तथा जडीबुटीबारे अलिकति जानकारी भने हुने गर्दछ । यदि यस ज्ञानलाई समुचित प्रयोग गरी स्थानीय कृषक एवं ग्रामीण पशु स्वास्थ्यकर्तालाई प्रशिक्षित गर्ने हो भने ग्रामीण कृषकले आफ्ना पशु उपचार गर्न सस्तो एवं सुलभ उपचार सेवा प्राप्त गर्न सक्छन् । ग्रामीण क्षेत्रमा पालिने कुखुरामा देखा पर्ने केही रोगहरूलाई निम्नबमोजिम परम्परागत परम्परागत औषधि प्रयोग गरी उपचार गर्न सकिन्छ ।

रुगाखोकी : ग्रामीण कुखुराहरू खासगरी खुल्ला छोडेर पाल्ने गरिन्छ । चिसो एवं झरीको बेला कुखुराहरू प्रायजसो रुघाखोकीबाट ग्रसित हुने गर्दछन् । ग्रामीण क्षेत्रमा पाइने बेसार, लसुन, अदुवाका बिरुवाको प्रयोगबाट यो समस्याबाट छुटकारा पाउन सकिन्छ । यस्तो बेला बेसार, अदुवाको गानो पिँधेर दानामा मिसाएर खुवाउन सकिन्छ ।

छेरपट्टी लागेमा : ग्रामीण कुखुराहरू खुला ठाउँमा पालिने हुँदा चराहरूले फोहर ठाउँमा जमेको पानी पिउने हुँदा तिनको पेटमा विभिन्न खाले संक्रमण उत्पन्न हुने गर्दछन् जसले गर्दा यिनलाई विभिन्न खाले रोग लाग्ने गर्दछ जुन झाडा पखालाका क्षेरणका साथ देखा पर्दछ । यसकारण कुखुरालई सफा पानी उपलब्ध गारउनुपर्दछ । लसुनको पाल एवं बेसारको खैरो सख्खरमा बेसारको धुलो मिसाएको झोला भातको माड गहुँको चोकर दानामा मिसाएर दिँदा झाडापखाला निको हुने गर्दछ ।

जुका परेमा : फोहोर वातावरणमा ग्रामीण कुखुरा पालिने हुँदा यिनमा विभिन्न खालेजुका पर्ने सम्भावना हुन्छ । जुकाका फूलबाट संक्रमित दाना आहारा पानीको माध्यमबाट जुकाका फूल कुखुराको पेटमा पुग्दछन् र नयाँ जुकाको रूपमा विकसित हुने गर्दछन् । यी जुकाले कुखुराको पेटमा तयार उपलब्ध आहारा उपभोग गर्दछन् र कुखुरालाई कमजोर बनाउँछन् र आफ्नो संख्या वृद्धि गराउँछन् । यसरी कुखुरालाई कमजोर बनाउँछन् र आफ्नो संख्या वृद्धि गराउँछन् । यसरी कुखुराको पेटमा भएका जुका क्रमशः वयस्क हुँदै जान्छन् अनि फूल पार्छन्, जुन कुखुराको सुली हुँदै बाहिर वातावरणमा मिसिएर दाना आहारा प्रदूषण गराउँछन् तथा पुनः सक्रमण गराउँछन् ।

जबसम्म कुखुरालाई कृषि जुकानाशक औषधि प्रयोग गरी उपचार गरिँदैन । ग्रामीणस्तरमा मेवाको भित्रको भागमा भएको रस पानीमा मिसाएर दिएमा यसले जुकानाशककोे काम गर्दछ । यसैगरी बेसार, अदुवाको गानो पिँधेर निकालेको रस पनि कुखुरालाई पानीमा हालेर पिउन दिन सकिन्छ । लसुनको पात पिँधेर दानामा मिसाएर दिँदा हुन्छ । अनारको दाना पिँधेर रस बनाएर कुखुरालाई खुवाउन सकिन्छ ।

ढुसीजन्य रोगमा : लसुनको पात पिँधेर दानामा नियमित दिन सकिन्छ साथै बेसारको गानो पिँधेर पानीमा नियमित दिनाले ढुसीजन्य रोगबाट बचाउन सकिन्छ ।

बिफर : मरिचको दाना पिँधेर कुखुरालाई खान दिनाले यसको घातकता कम गर्न सकिन्छ । बिफरको घाउमा मरिचको धुलोको लेप प्रयोग गर्न सकिन्छ । खोर्सानीको धुलो दानामा मिसाएर खान दिँदा पनि रोग निको हुछ ।

रानीखेत : रानीखेत कुखुराको घातक रोग मानिन्छ । यसको उपचार सम्भव छैन । पूर्वखोप लगाउनु नै यसबाट बचाउने एक मात्र उपाय मानिन्छ । कुखुराको लक्षणअनुसार रुघाखोकी झाडापखालाजन्य लक्षणको उपचार गरी यसको घातकता कम गर्न सकिन्छ ।

घाउ खटिरा : कुखुराहरू खुला ठाउँमा पालिने हुँदा विभिन्न खाले चोटपटक एवं घाउ हुने गर्दछ । कहिलेकाहीँ कुखुराहरू आपसमा लड्दा ठुँगाठुँङ गर्दा पनि चोटग्रस्त हुने गर्दछन् । यी घाउ अन्य जीवाणुका संक्रमणका कारण बिग्रन सक्छन् । जसको उपचार गाह्रो हुन्छ । लसुनको पात, बेसारको गानो बराबर मात्रामा पिँधेर नारिवलको तेलमा मिसाएर लेप बनाई घाउको उपचार गर्न सकिन्छ । काठको धुलो, नीमको पातको पिँधेर बनाएको लेपले घाउमा परेको औँसाकीरा निकाल्छ । पिँधेको बेसारको धुलो लेपले घाउ चाँडै निको पार्छ । काँचो आँट पिँधेर लागउनाले औँसा बाहिर आउँछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x