स्वास्थ्यको लागि शाकाहारी भोजन
काठमाडौं । साधारणतया हाम्रो देशमा प्रत्येक आश्विन शुक्ल प्रतिपदादेखि दशमी सम्मको अवधि दशैँ पर्वको रूपमा मनाउने गर्दछौँ । दशैं पर्वको नौ दिनसम्म शक्तिस्वरुपिणी माता दुर्गा भगवतीको पूजा गरिन्छ, विजयादशमीको दिन मान्यजनहरूको हातबाट प्रसाद, टीका र जमरा लगाई परिवारमा सुख, शान्ति र सद्भाव वृद्वि भई व्यक्ति, परिवार, समुदाय, राष्ट्रमा गुणस्तरीय जीवन कायम रहने पूर्ण विश्वास लिएको पाइन्छ । यसै अवधिमा दुःखको कुरा पशुपन्छी बलिको जघन्य अपराध प्रचुर मात्रामा देखिन्छ ।
साथै, अन्य धर्मावलम्बीहरूले पनि पशुबली तथा मांसासहारीको लागि पशुबध गर्ने गर्दछन् । स्वार्थवश विभिन्न वहानामा पशुपन्छी बलि दिएको पाइन्छ । मानिस सृष्टिको सर्वश्रेष्ठ प्राणी हो, सो नाताले आफ्नो विवेकद्वारा सबैलाई नियन्त्रणमा राख्न सक्षम छ तर ऊ पशुबलिजस्तो कार्य गरी पशुपन्छीको जीवन नै मिनेट भरमा लिइरहेको छ । यसो गर्नु महापाप हो । हिन्दु धर्ममा पशुपन्छीलाई दैवीशक्ति मानिन्छ, जस्तैः गाईलाई लक्ष्मीको प्रतिक, लाटोकोसेरो एवं कछुवा लक्ष्मीको वाहन, साँढे शिवजीको, कुकर भैरवको, सिंह दुर्गा भवानीको, राँगो यमराजको र हाँस सरस्वतीको वाहन मानिन्छ । त्यस्तै विष्णुको वराहमत्स्य, कुर्मअवतार, भगवान् शिवको मृगरूप धारण, इन्द्रको ऐरावत हात्तीजस्ता प्रसङ्ग उल्लेख भएको पाइन्छ ।
हामीले पशुलाई आध्यात्मिक रूपमा पनि महत्वपूर्ण ठानेका छौँ । उदाहरणको रूपमा किसानको धानखेतको परिपोषक भ्यागुतालाई दुधभात खुवाउँछौँ । पानीको स्रोतको रूपमा नागपूजा, स्वच्छ वातावरण राख्न कागपूजा, कर्तव्य, निष्ठा, स्वाभिमान, इमानदारिका लागि कुकुरपूजा, दुध, गहुँत, गोबर एवं अन्न उत्पादनमा हरतरिकाबाट सहयोग पु-याउने गाईलाई माताको रूपमा पूजा गरिन्छ भने अन्नबालीको उत्पादनमा सहयोग पु-याउने गोरुलाई गोरूपूजा गरिन्छ । शाकाहारी खानामा स्थायी प्रोटिन भई गुणस्तरीय जीवनयापन गर्न मदत पु-याउँछ भने मांसाहारी खाना त्यस्तो नभई सो खानालाई रोगको वाहकको रूपमा लिइन्छ । मासांहारी खानाबाट सामान्यदेखि प्राणघातक रोगहरू लाग्न सक्छ । अतः यस्तो प्रकारको मांसाहारी खाना प्रयोग नगरी पूर्ण सन्तुष्टि एवं शाकाहारी खाना सुस्वास्थ्यको लागि प्रयोग गरी अहिंशक रही मुस्कानसहितको गुणस्तरीय जीवन बिताउनु पर्दछ ।
मानिसलाई स्वस्थ्य राख्ने प्रमुख आधार नै खाना हो । स्वास्थ्य बनाउनको लागि तागत वा शक्ति दिने खानेकुराको त्यत्तिकै महत्व हुन्छ । सोको लागि शाकाहारी खानाको भूमिका महत्वपूर्ण हुन्छ । जस्तैः सुख्खा रोटी, उसिनेको, हलुवा, ताइचिन र मंसुरी चामललाई स्वस्थ्य खानाको रूपमा लिइन्छ । त्यस्तै गहुँ, मकै, कोदो, तितेफापर, जुनेलो, जौ, शखरखण्ड, तरुल, पिँडालु, गिठ्ठा, आलु, चिउरा, फलफूललाई स्वस्थ्य भोजनको रूपमा लिन सकिन्छ । शरीरको तामक्रम र सन्तुलन बनाई राख्न, मांशपेशी बलियो बनाउन, शरीरको मुख्य अंगहरू (मिर्गाैला, मुटु, फोक्सो, मष्तिष्क)लाई निरोगी राख्न एवं विभिन्न समस्याहरू निराकरण गर्न यी शाकाहारी खाना नै हुन् । स्वास्थ्य समस्याहरू निराकरण गर्न नाथ्रो भएको वा नफलेको अन्नले शरीरको विकासमा सन्तुलनको लागि चाहिने प्रोटिन, भिटामिन विशेष गरेर ‘बी’, रगत राम्रो बनाउने तत्व, शरीरबाट काम नलाग्ने बस्तु बाहिर हटाउने र शक्ति प्रदान गर्दछ ।
तरकारीको रूपमा प्रयोग गरिने आलुबाट भिटामीन सी प्राप्त हुन्छ । यसले घाउ निको पार्न र बलियो बनाउन सहयोग पु-याउँछ । खानामा भएको तत्व पचाउन शरीरलाई शक्ति दिन्छ । आलुमा प्रशस्त प्रोटिन हुन्छ जसले शरीरको वृद्धि गर्न र यसलाई सन्तुलित राख्न मदत गर्दछ । कम चिल्लो प्रयोग गरी आलु बोक्रासहित पकाउनाले स्वास्थ्यलाई फाइदा पु-याएको कुरा विभिन्न अध्ययनले जनाएको छ ।
यसैगरी कोदोमा शरीर विकासका लागि चाहिने उत्तम प्रोटिन पाइन्छ, यसबाट दाँत र हाड बलियो बनाउने क्याल्सियम पनि पाउन सकिन्छ । मानिसलाई ताप वा शक्ति दिने खानाको कमी भएमा दुब्लाउँछ, सो कारणबाट मांशपेशी कमजोर हुन गई जाँगरसमेत निम्न हुन्छ । थकाइ छिटो लाग्छ, जाडो भएको महसुस भई जीउ काँप्छ । शरीरको विकास र यसलाई सन्तुलित राख्न शाकाहारी खाना मुख्य हो । यो गेडागुडी र अन्य वस्तुबाट प्राप्त गर्न सकिन्छ । मास, भटमास, राजमा, सिमी, गहत, रहर, बकुला, तील, मुगी, मुसुरो, चना, बोडी, केराउ, मस्याङ्गमा प्रशस्त प्रोटिन पाइन्छ । फर्सीको बियाँ, लट्टेको गेडा, ओखर, ज्वानो आदिबाट पनि प्रशस्त शरीर रक्षा गर्ने प्रोटिनको मात्रा पाइन्छ ।
अतः शरीरको विकास र दीर्घ जीवनकालागि माथि उल्लेखित प्रोटिनयुक्त शाकाहारी खाना खानु पर्दछ । प्रोटिन कपाल, हाड, मांशपेशी र रगतलाई स्वस्थ राख्न आवश्यक तत्व हो । यसले शरीरको मुटु, मिर्गौला र कलेजो कोषहरूलाई करिब दुई हप्तासम्म जीवित राख्न सहयोग गर्दछ । छाला, हाड र मांशपेशीका कोषहरू ६–७ महिनासम्म जीवित राख्दछ । प्रोटिनले घाउ छिटो निको गर्न मदत पु-याउँछ । केही प्रोटिनयुक्त खानेकुराले शरीरलाई आवश्यक पर्ने तत्व क्याल्सियम पनि प्रदान गर्दछ । प्रोटिन र भिटामिन खाएनौँ भने खानामा भएको तत्वहरू सबै शरिरले पचाउन सक्दैन र त्यस्ता तत्वहरू दिसामा बगेर खेर जान्छन् । अन्नबाट शरीरलाई चाहिने ७० देखि ९० प्रतिशत प्रोटिन पूर्ति हुन्छ ।
खानामा प्रोटिन र कार्बोहाइड्रेड समान अनुपातमा हुनु अति महत्वपूर्ण हुन्छ । प्रोटिनयुक्त खानेकुरा शक्ति दिने र भिटामिन दिने खानेकुराहरूसित खायौँ भने शरीरले पूरा मात्रामा खानामा भएको पौष्टिक तत्व पचाउन सक्दछ । त्यसैले विभिन्न किसिमका खानेकुराहरू मिलाएर खानु फाइदाजनक हुन्छ । जस्तैः दालभात, साग, गेडागुडी, दुध, मोही, घिउ फरकफरक खायौँ भने खानामा भएका पौष्टिक तत्वहरूको सही उपयोग हुँदैन ।
शरीरलाई आवश्यकमात्रामा चाहिने प्रोटिनयुक्त खाना नखाँदा उमेरअनुसार उचाइ बढ्दैन, केटाकेटीहरू ख्याउँटे, दुब्लो र कमजोर हुन्छन् । उनीहरूको छाला पनि बुढो मान्छेको जस्तो चाउरी परेको हुन्छ । कपाल पातलो र खैरो हुन्छ । शरीर सुन्निने पनि हुन्छ । कपाल फुस्रो परेको हुन्छ । कहिलेकाहिँ छालामा दाग पनि देखिन्छ । घाउ भयो वा खटिरा आयो भने निको हुँदैन । घाउ छिट्टै राँक्किने र पाक्ने हुन्छ । अतः प्रोटिनयुक्त खानेकुरामा सबभन्दा असल स्रोतहरू भएको खानेकुरा शाकाहारी खानाबाटै पाइन्छ । जस्तैः भटमास, मह, सागसब्जी राम्रो स्रोतको रूपमा प्रयोग गर्नुपर्ने हुन्छ । दुध, दही शरीर बढाउने प्रोटिनयुक्त उत्तम खानेकुरा हुन् । आमाको दुध बच्चाको लागि अमृतसरह हुन्छ । यदि आमाले बच्चा गर्भमा छँदा र जन्मेपछि प्रोटिन पुग्दोमात्रामा खान्छिन भने त्यस आमाको दुध खाने बच्चा पुष्ट र स्वस्थ्य हुन्छ । आमाले मिश्रित खाना सेवन गर्दा आमाको दुध प्रशस्त मात्रमा आउँछ ।
हाम्रो शरीरलाई आवश्यक पर्ने तत्वहरू गाढा हरियो रंगको तरकारीमा भिटामिन र खनिज पदार्थ हुन्छन् । जसले रोगका किटाणु र सरुवा रोग र कमजोरी हुनबाट बचाउँछ । फर्सी, लौका, घिरौँला, गाजर, बकुला र उमारेको गेडागुडीहरूमा प्रशस्त शरीरलाई आवश्यक पर्ने तत्वहरू हुन्छन् साथै सामान्यतयाः भिटामिन ए शरीरको निम्ति अति आवश्यक हुन्छ । शारीरिक विकास, राम्रो आँखा, आँखाको तेज, स्वस्थ्य छाला, बलियो दाँत र हाडहरू बनाइराख्नको लागि भिटामिन ए आवश्यक हुन्छ । भिटामिन बीले नशासम्बन्धी रोगबाट बचाउँछ । भिटामिन सीले शरीरका कोषहरू बलियो बनाउँछ । विशेषगरी जोर्नीहरू, मुख र गिजालाई फाइदा पु-याउँछ । यसबाहेक यसले घाउ चाँडो निको हुने र शरीरलाई फलामको मात्रा वृद्धि गर्न पनि मदछ गर्दछ । फलाम भएका खानाले रगत बनाउन सहयोग गर्दछ । क्याल्सियमयुक्त खानाले हाड र दाँत बलियो हुन्छ । बोक्रा वा त्यान्द्रा भएका खानाले दिसा खलास गराउँछ ।
हाम्रो समाजमा अज्ञानका कारण केही साना बालबालिका र वयस्क व्यक्ति पनि गाढा हरियो सागपात खाँदैनन । अतः गाढा हरियो सागपात नखाएर भिटामिन एको कमी हुन्छ । भिटामिन ए आँखाका लागि अति आवश्यक हुन्छ । यसको कमीले रतन्धो रोग हुन्छ । यस किसिमको समस्या विशेषगरी केटाकेटीमा पाइन्छ । त्यस्तै आँखा ज्यादै दुख्ने समस्या हुनसक्छ । सानो बालक छ भने आँखा मिचिरहन्छ त्यसैगरी आँखामा सेतो थोप्ला देखिन थाल्छ । आँखाको नानी नरम र घाउ भएको हुन्छ । सेतो भागको आकार असाधारण हुन्छ । आँखाको सबै कालो भाग सेतोले ढाक्छ अनि आँखा देख्न सक्दैन र अन्धो हुन्छ ।
भिटामिन ए कमी भएका व्यक्तिलाई केही हप्तासम्म भिटामिन ए भएका फलफूलजस्तै गाढा हरियो सागपात, पाकेको फर्सी, आँप, गाजर आदि खुवाउनु पर्छ । यदि यस्तो व्यक्तिलाई प्रशस्त हरियो सागपात दिइन्छ भने केही हप्तामा नै आँखाको समस्या हटेर जान्छ । तर उसले निको नभएसम्म सधैँ हरियो सागपात खानुपर्दछ र जीवनभरि हरियो सागपात प्रयोग गर्नु अति उत्तम हुन्छ । गाढा हरियो सागसब्जीमा लौहतत्व पाइन्छ । लौहतत्वको अभावले रगतको कमी हुने रोग लाग्छ । अतः यस्तो खानेकुराहरू खानु आवश्यक छ ।
नेपालमा धेरैजसो सुत्केरी आमामा रगतको कमीको रोग हुन्छ । यसकारण उनीहरूले प्रशस्त हरियो सागपातको तरकारी खानु पर्दछ । आमा कमजोर हुनु नै बच्चा कमजोर हुनु हो । बालकहरू र बढ्ने केटाकेटीहरूलाई पनि गाढा हरियो सागपात राम्रो रक्तचापको निम्ति चाहिन्छ । सागपातलाई सफा पानीले राम्रोसँग पखालेर हातले चुन्ने र त्यसलाई पकाउँदा कम मात्रामा चिल्लो पदार्थ र नुन, पिरो हाल्नु पर्दछ । सागलाई धेरै बेर पकाएमा भिटामिन नष्ट हुन्छ । सागपात काट्दा पनि भिटामिन नष्ट हुन्छ । त्यसैले सकेसम्म होसियारी साथ सागपात खानयोग्य बनाउनु पर्दछ । हाम्रो शरीर रक्षा गर्ने शाकाहारी खानेकुरा आँप, हलुवावेद, खुर्सानी, सुन्तला, मेवा, गोलभेँडा, सागपातहरूमा कर्कलो, लट्टे साग, खोसे साग, फर्सीको मुन्टा आदि पर्दछन् । यी फलफूल तथा सागसब्जीमा पनि भिटामिन ए प्रशस्त पाइन्छ । यस्तै अम्बा, मेवा, भुइँकटहर, अमिलो जातका फलफूलहरू पर्दछन् । काँक्रो र आलुमा पनि भिटामीन सी पाइन्छ ।
गुणस्तरीय जीवनका लागि शाकाहारी खानाको आवश्यक हुन्छ भने मांशाहारी खाना अति हानिकारक हुन्छ । अझ गुर्जाे, तुलसी, आदि अमूल्य जडीबुटी हाम्रो घर आँगनमा भेटिने हुनाले सोको प्रयोगबाट विभिन्न ठूलासाना रोगहरू हटाई स्वस्थ रहन सकिन्छ । आजभोलि यदाकदा पशुबलिलाई प्रश्रय दिएर मांशाहारी खानामा जोड दिई गुणस्तरीय जीवन अस्वस्थकर बनाई स्वास्थ्यको वातावरण विनाश गरेको पाइन्छ । यस सन्दर्भमा मान्छेले आफ्नै अस्तित्वलाई संकटमा पारिरहेको छ । मानिसले बुद्धि र विवेक सन्तुलनमा नराखी हिंसात्मक पशुबलि गरेको देखिन्छ । जतिजति पशुबलिलाई प्रशय दिने मान्छेका सम्बन्धमा उसका अविवेकी क्रियाकलाप सोच्दै गयो भने उतिउति यस अनौठो प्राणीको चरित्रले रन्थनाउँछ ।
सृष्टिको सबैभन्दा महत्वपूर्ण प्राणी भएर पनि निहित स्वार्थको पशुबलिमा लागि मानवले आफूले आफूलाई चिन्न सकेन । आफ्नो सहयोगीको महत्व बुझ्न सकेन । कहिले आउला मानिसले पशुबलि पूर्ण रोक गरी पशुपन्छी पूजा, सबैको समान बाँच्ने अधिकारको अवस्था अनि स्वच्छ वातावरण र पूर्ण शाकाहारी खाना गुणस्तर जीवन । आशा छ विजयादशमी र शुभ दीपावली साथै अन्य धर्मावलम्बीहरूले पनि पशुबलि र मांशाहारी खाना त्यागी शाकाहारी खाना प्रयोग गरी अहिंसक रही मुस्कान सहितको सुस्वास्थ्य तथा गुणस्तरीय जीवन बनाई नैतिकवान् बन्ने प्रेरणा प्रदान गरोस् ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया