Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालछत्रपाटी निःशुल्क चिकित्सालयको अत्याधुनिक प्याथोलोजी ल्याब सुरु

छत्रपाटी निःशुल्क चिकित्सालयको अत्याधुनिक प्याथोलोजी ल्याब सुरु


काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालयको अत्याधुनिक प्याथोलोजी ल्याब शुभारम्भ गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश सभाका सांसद बसन्त मानन्धरले उक्त ल्याबको शुभारम्भ गरेका हुन् ।

काठमाडौं महानगरपालिका स्थानीय बासिन्दा र आसपासका सर्वसाधारणले सहज रुपमा उक्त प्याथोलोजी ल्याबबाट सेवा सुविधा पाउने भएका छन् । सांसद मानन्धरको पहलमा बागमती प्रदेशको पूर्वाधार विकास साझेदारी कार्यक्रम २०७७।०७८ अन्तर्गत प्राप्त अनुदान ५० लाख रुपैयाँबाट उक्त ल्याबको निर्माण भएको हो । कार्यक्रममा सांसद मानन्धरले बागमती प्रदेश सभाको सदस्यको रुपमा निर्वाचित भएको प्रारम्भिक समयदेखि नै चिकित्सालयको स्तरोन्नति गर्नमा लागिपरेको बताए ।

कार्यक्रममा चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अब आउने केही समयभित्रै प्याथोलोजी ल्याबको रिपोर्ट मोबाइलमा हेर्न मिल्ने सुविधा सञ्चालन हुने बताए । साथै अध्यक्ष श्रेष्ठले उक्त चिकित्सालयमा कार्यरत डाक्टर तथा नर्सहरुलाई चाहिने सम्पूर्ण स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष नबिन मानन्धर लगायत सञ्चालक समितिको उपस्थिति थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x