रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि
काठमाडौं । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ नेपालीहरूको दोस्रो महत्वपूर्ण चाड तिहारको संघारमा आएर यो प्रदर्शनी भइरहेको छ । यसरी मुलुकमा यो १४औँ गोदावरी पुष्प प्रदर्शनी गत कात्तिक १२ गतेदेखि १५ गतेसम्म जम्मा चार दिन प्रदर्शनी भइरहेको छ । मूलतः यसले पुष्प व्यवसायको उत्पादनको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ । यसरी नजिकिँदै आएको नेपालीहरूको महान पर्व तिहारलाई लक्षित गरी ललितपुर, जावलाखेलको खेल मैदानमा सञ्चालन भइरहेको छ । यसरी तिहारको अवसरमा घर, आँगन, बगैँचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग गरिने गोदावरी फूलको प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना भइरहेको छ ।
उक्त फूल व्यवसाय प्रवर्द्धनका सम्बन्धमा समयअनुकूल व्यावसायिकतातर्फ उन्मुख गर्न फूलको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पु-याउनका लागि यस प्रदर्शनीको उल्लेखनीय योगदान रहने सम्बन्धित क्षेत्रले जानकारी दिएको छ । यसर्थ देशको अर्थतन्त्रमा टेवा पु-याउने, व्यापारघाटामा योगदान गर्ने र देशलाई आत्मनिर्भर बनाउने अर्थमा पुष्पखेतीको अत्यन्त महत्व छ । यसको साथसाथै यसलाई बढी आम्दानी हुनसक्ने नगदे बाली वा खेतीको रूपमा यसलाई लिनुपर्छ । यो प्रदर्शनीको अवलोकन गर्नेको संख्या ३५ हजारबराबरले गर्ने अनुमान गरिएको एकातिर छ भने अर्कोतिर ५० लाखभन्दा बढीको व्यापार हुने अपेक्षा गरिएको पनि छ ।
यसैगरी आर्थिक वर्ष २०७६/०७७ को प्रदर्शनीमा ७३ लाखको व्यापार भएको थियो । त्यसरी नै अघिल्लो वर्ष भने कोरोना महामारीका कारण प्रदर्शनी स्थगित भएको थियो । यस प्रदर्शनीको पहिलेदेखि नै व्यावसायिक उत्पादन हुँदै आएका विविध जातका गोदावरी फूलका साथै यस वर्ष भित्रिएका १६ नयाँ प्रजातिका गोदावरी प्रदर्शनीमा बिक्रीका लागि राखिनेछन् । यसका साथै सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूलका बिरुवा पनि प्रदर्शनीमा समावेश गरिनेछ । उक्त मेलाबाट फूल व्यवसाय सञ्चालन गर्ने चाहाने, घर आगन तथा बगैँचा सजाउन चाहाने, फूल बिरुवाप्रति अभिरुचि राख्ने, यससम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने बताइएको छ ।
मुलुकको कुरा गर्दा पछिल्लो समय मुलुकले गोदावरी र मखमली फूलमा आत्मनिर्भर भइसकेको छ भने अहिले पनि सयपत्री फूलमा मुलुक आत्मनिर्भर हुन सकेको छैन । यसरी तिहारका बेला हरेक वर्ष भारतबाट सयपत्री फूल आयात गर्नुपर्ने हुन्छ । यस्तो किसिमको अवस्थालाई निराकरण गर्नको लागि स्वदेशमा नै पुष्प व्यवसायलाई विस्तार गरी देशको मागअनुरूप फूल उत्पादन गर्ने वातावरण तय गर्न ढिला भइसकेको छ । यसरी नै देशमा नै मौसमी फूल (विशेष तिहार र भ्यालेन्टाइन डे)का कारोबारका लागि भारतमा निर्यात हुन्छ भने कट् फ्लावरको आन्तरिक माग स्वदेशले नै धानी रहेको फ्यानका अध्यक्षले बताउँदै आएका छन् । मुलुकको फूल उत्पादनमा सरकारी सहयोग नहुनु हाम्रा लागि चुनौती भएको छ । तर यसमा निजी क्षेत्रको मात्र प्रयासले पनि फूल व्यवसायमा वृद्धि भइरहेको व्यवसायीहरूको भनाइ रहेको पाइन्छ । यस व्यावसायमा लगानी बढी र अरु कृषि प्रणालीभन्दा फरक भएकाले फूल क्षेत्रको विकास सुस्त भएको कुरा सम्बन्धित क्षेत्रले दाबी गरेको छ ।
मुलुकको ४३ जिल्लाका करिब सात सय फूल नर्सरीहरू रहेकोे फ्यानको तथ्यांकमा उल्लिखित रहेको पाइन्छ । हाम्रो देशको कुरा गर्ने हो भने लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा चार सय ५० प्रजातिका फूल उत्पादन भइरहेको तथा फूल व्यावसायवाट ४१ हजारभन्दा बढी व्यक्तिहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । यसरी फ्यानको तथ्यांकअनुसार अघिल्लो वर्ष एक अर्ब ७१ करोडबराबरको फूलको कारोबार भएको थियो । यसरी देशबाट जापान, कुवेत, कतार, भारतलगायतका मुलुकमा विभिन्न जातका फूल निर्यात हुने गरेको छ । यसरी नै वार्षिक करिब १० करोडको फूल निर्यात हुने गरेको फ्यानले जनाएको छ । फूल व्यवसायको व्यावसायिक प्रवद्र्धनका लागि फूल मेला सञ्चालन भइरहेको छ ।
अन्त्यमा भन्नुपर्दा फूलमा मुलुक आत्मनिर्भर उन्मुख भएको सरकारी तथ्यांकले एकातिर बताउँछ भने अर्कोतिर नजिकँदो तिहार पर्वका लागि यस वर्ष भारतबाट ६० लाख रुपैयाँभन्दा बढी मूल्यबराबरको सयपत्री फूलको माला आयात गर्ने योजना रहेको छ । अतः देशबाट वर्षेनी फूल भित्रिरहेकाले आगामी वर्षदेखि आत्मनिर्भर हुनेगरी पुष्प कृषक, व्यवसायी तथा सरोकारवालालाई संकल्प गर्न आग्रह पनि गरिएको छ । हाम्रो देशमा भने तिहार महान् पर्वको लागि खास गरी सयपत्री, मखमली, गोदावरी फूलको बढी मात्रामा प्रयोग गरिने गरिन्छ । उक्त प्रदर्शनीमा गोदावरी पुष्पसँगै विश्वभर चलेका फूलहरू, पुष्प खेती गर्दा आवश्यक पर्ने औजार, मललगायत राखिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । फलतः अधिल्लो वर्ष तिहारमा एक लाख ५० हजार रुपैयाँ माला आयात गरेकोमा यस वर्ष दुई लाख माला आयात गर्ने योजना रहेकोे फ्लोरिकल्चर एसोसिएसन जनाएको छ । यसर्थ तिहारमा सबैभन्दा बढी फूलको आयात हुनेगरेको छ ।
यसै सन्दर्भलाई अवलोकन गर्ने हो भने अघिल्लो वर्ष उपभोक्ताले फूलको प्रतिमाला एक सयदेखि एक सय २० रुपैयाँसम्म तिर्नु परेकोमा यो वर्ष बढीमा ८० रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ भन्ने सम्बन्धित क्षेत्रको दाबी रहेको पाइन्छ । हाम्रो देशमा हरेक वर्ष झन्डै डेढ अर्ब मूल्यबराबरको फूलको कारोबार हुनेगरेको छ । यद्यपि, तिहारमा मात्र मुलुकभर करिब १० लाख मालाको कारोबार हुनेगरेको छ । तीमध्ये नौ लाख माला नेपालमै उत्पादन भएको फूलबाट बनेका हुन्छन् । यसरी देशमा प्रयोग हुने मालाको ४० प्रतिशत खपत काठमाडौँ उपत्यका नै हुनेगरेको एसोसिएसनले जनाएको छ ।
एसोसिएसनका अनुसार मुलुकभर तिहारमा मात्र झन्डै सात करोड रुपैयाँ मूल्यबराबरको फूलको कारोबार हुनेगरेको छ । यसरी यो व्यवसायलाई समष्टिरूपमा हेर्ने होे भने फूल सबैको साझा व्यवसाय पनि हो । पछिल्लो पटक मुलुकमा आन्तरिक माग नै १० देखि १५ प्रतिशतको दरले बढिरहेको महासंघले जनाएको छ । यसर्थ फूलको मागसँगै यो व्यवसायमा लाग्ने व्यवसायी पनि बढेपछि २० देखि २५ प्रतिशतसम्म मात्र आयात गरिरहेको र बाँकी ८० प्रतिशत माग आन्तरिक उत्पादनले धानेको फूल व्यवसायी महासंघका अध्यक्षले जनाएका छन् । हाम्रो देश भने अहिले मौसमी फूलमा भने आत्मनिर्भर भएको सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ रहेको पाइन्छ । यसको समस्या र चुनौती धेरै छन्, तर सम्भावनालाई नकार्न सकिँदैन ।
यसमा साँच्चै नै भन्ने हो भने सरकारले यो व्यवसायको विकास गर्ने हो भने आवश्यक पर्ने मलखाद र नयाँ प्रविधि भित्र्याउन सरकारले करलगायत वस्तुहरूमा अनुदान दिनु बढी उपयोगी देखिन्छ । तसर्थ फूलको आन्तरिक कारोबार ठूलो भएकाले पनि सरकारले यस व्यवसायमा सहयोग गर्नु अति आवश्यक देखिन्छ । यसको साथ साथै काम गर्ने श्रमिकहरूको हित एवं कल्याणको लागि समेत सरकार चनाखो हुनुपर्छ । यसर्थ देशमा खेर गइरहेको बाँझो जग्गा जमिनलाई उपयोगमा लिन सकिने र कम लगानीमा धेरै आम्दानी लिन सकिने भएकाले पनि नेपाली पुष्प खेती र व्यवसायको लोकप्रियता बढ्दै गएको छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया