Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकहरूले कमाए १८ अर्ब ११ करोड नाफा

बैंकहरूले कमाए १८ अर्ब ११ करोड नाफा

एनआईसी एसिया, नबिल र ग्लोबल आईएमईको नाफा उच्च, सिभिल र सेञ्चुरीको नाफा कमजोर


काठमाडौँ । विश्व कोरोना महामारी (कोभिड–१९) कै कारण उत्पन्न भएको असहज आर्थिक अवस्थामा क्रमिकरुपमा सुधार आएसँगै यसको प्रभाव वाणिज्य बैंकहरु खुद मुनाफामा देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा सञ्चालनमा रहेको २७ वटा वाणिज्य बैंकहरुले कुल १८ अर्ब ११ करोड ७३ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

बैंकहरुले कमाएको यो मुनाफा गत आवको सोही अवधिको तुलनामा झण्डै ३२ प्रतिशत अर्थात् तीन अर्ब ५१ करोड ३४ लाख १६ हजार रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा भने सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले कुल १४ अर्ब ६० करोड ३९ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए । अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको पहिलो त्रैमासिकमा एनआईसी एसिया बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । एनआईसी एसियाले यस अवधिमा एक अर्ब १८ करोड छ लाख १९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा उक्त बैंकको यस्तो नाफा एक अर्ब दुई करोड १० लाख रुपैयाँ रहेको थियो । बढी नाफा कमाउनेमा दोस्रो स्थानमा परेको नबिल बैंकले भने चालू आवको पहिलो त्रैमासिकमा एक अर्ब ११ करोड २२ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा नबिलको यस्तो नाफा एक अर्ब तीन करोड ५७ लाख १२ हजार रुपैयाँ रहेको थियो ।

बढी नाफा कमाउनेमा तेस्रो स्थानमा परेको ग्लोबल आईएमई बैंकले भने चालू आवको पहिलो त्रैमासिकमा एक अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा ग्लोबलको यस्तो नाफा एक अर्ब पाँच करोड ८८ लाख ४० हजार रुपैयाँ रहेको थियो । यसैगरी राष्ट्रिय वाणिज्य बैंकले पनि चालू आवको पहिलो त्रैमासिकमा एक अर्ब पाँच करोड छ लाख १४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा राष्ट्रिय वाणिज्य बैंकको यस्ते नाफा ८२ करोड ९२ लाख ४५ हजार रुपैयाँ रहेको थियो । एनएमबी बैंकले पनि चालू आवको पहिलो त्रैमासिकमा एक अर्ब चार करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा एनएमबीको यस्तो नाफा ७३ करोड २९ लाख ७० हजार रुपैयाँ रहेको छ ।

यीबाहेकका बाँकी २२ वटा बैंकहरुको नाफा भने एक अर्ब रुपैयाँभन्दा कम रहेको छ । तीमध्ये चालू आवको पहिलो त्रैमासिकमा सिटिजन्स बैंक इन्टरनेशनलले ६८ करोड ७३ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने नेपाल बंगलादेश बैंकले ४१ करोड १६ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा यी बैंकहरुको यस्तो नाफा क्रमशः ५१ करोड ५५ लाख ९१ हजार र ५७ करोड ११ लाख ८० हजार रुपैयाँ रहेको थियो । कृषि विकास बैंक, कुमारी बैंक र नेपाल बैंकले भने चालू आवको पहिलो त्रैमासिकमा क्रमशः ४८ करोड ५३ लाख ७८ हजार, ५४ करोड ११ लाख १९ हजार र ७५ करोड ४८ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

गत आवको सोही अवधिमा यी बैंकहरुको यस्तो नाफा क्रमशः ४६ करोड १४ लाख ६९ हजार, ६० करोड २४ लाख ४३ हजार र ५५ करोड चार लाख १९ हजार रुपैयाँ रहेको थियो । यसैगरी हिमालयन बैंक, एभरेष्ट बैंक र लक्ष्मी बैंकले पनि चालू आवको पहिलो त्रैमासिकमा क्रमशः ४५ करोड २८ लाख ५३ हजार, ५७ करोड ८८ लाख ७३ हजार र ५५ करोड २८ लाख ७० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुको यस्तो नाफा क्रमशः ३६ करोड ५९ लाख १४ हजार, ३३ करोड ४७ लाख ६४ हजार र ३१ करोड २३ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाडौ र प्राइम कमर्सियल बैंकले भने चालू आवको पहिलो त्रैमासिकमा क्रमशः ९२ करोड ३७ लाख ९५ हजार, ९१ करोड ४६ लाख ८६ हजार, २५ करोड ३४ लाख ७७ हजार र ९७ करोड ७९ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुको नाफा क्रमशः ६२ करोड ३८ लाख १४ हजार, ६० करोड ७९ लाख तीन हजार, २४ करोड १४ लाख छ हजार र एक अर्ब एक करोड ७६ लाख ३४ हजार रुपैयाँ रहेको थियो । स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक र प्रभु बैंकले भने चालू आवको पहिलो त्रैमासिकमा क्रमशः ४८ करोड १८ लाख ४७ हजार, ९४ करोड ८७ लाख ३१ हजार र ६३ करोड ६३ लाख २१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

गत आवको सोही अवधिमा यी बैंकहरुको यस्तो नाफा क्रमशः ४० करोड १३ लाख ७१ हजार, ५० करोड छ लाख ४० हजार र ८५ करोड १४ हजार रुपैयाँ रहेको थियो । यसैगरी माछापुच्छ्रे बैंक, सानिमा बैंक र एनसीसी बैंकले पनि चालू आवको पहिलो त्रैमासिकमा क्रमशः ५६ करोड १५ लाख ३६ हजार, ५६ करोड ७८ लाख ६० हजार र ५१ करोड ८० लाख ५७ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुको यस्तो नाफा क्रमशः ३६ करोड नौ लाख नौ हजार, ३७ करोड ३२ लाख ५५ हजार र ३३ करोड ४५ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

सनराइज बैंकले भने चालू आवको पहिलो त्रैमासिकमा ४३ करोड सात लाख १६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा सनराइजको यस्तो नाफा ३८ करोड २९ लाख ७७ हजार रुपैयाँ रहेको थियो । यीबाहेक सिभिल बैंक, सेञ्चुरी कमर्सियल बैंक र नेपाल एसबीआई बैंकको खुद मुनाफा भने सबैभन्दा कमजोर देखिएको छ । चालू आवको पहिलो त्रैमासिकमा सिभिल बैंकले २९ करोड १८ लाख ४९ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा सेञ्चुरीले २७ करोड २४ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

गत आवको सोही अवधिमा यी बैंकहरुको यस्तो नाफा क्रमशः नौ करोड ६६ लाख ७८ हजार र २२ करोड दुई लाख ५९ हजार रुपैयाँ रहेको थियो । नेपाल एसबीआई बैंकले भने चालू आवको पहिलो त्रैमासिकमा ३७ करोड २९ लाख ११ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा एसबीआईको यस्तो नाफा २० करोड पाँच लाख दुई हजार रुपैयाँ रहेको थियो ।

Open photo


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x