जाडोको मौसम : कोप २६ र वायु प्रदूषण
काठमाडौं । हालै अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म जलवायुसम्बन्धी सम्मेलन कोप २६ बेलायतको ग्लास्गामा हुँदै छ । सदस्य राष्ट्रका हैसियतले हाम्रा मुद्दाहरू पनि दरो रूपमै प्रस्तुत होलान् । काठमाडौँको मौसम फरक किसिमको छ, कचौरा आकारको यहाँको उपत्यका त्यसबाट सिर्जित प्रदूषण आकाशतिर गए पनि फर्केर भूमितिरै आउँछ । हिउँद लाग्यो यसबाट बच्ने कसरी ? सबैलाई त्रास छ । यो वर्ष पानी धेरै परे पनि हिउँदमा वर्षाको सम्भावना कम हुने, वायु प्रदूषित हुने खतरा बढी छ ।
यहाँको जन संख्याको वृद्धिलाई हेर्दा समग्र देशको वृद्धि दरको दोब्बर देखिन्छ । गाडीहरू अधिक छन्, बस्ती विस्थापित गर्दै बाहिरी चक्रपथको अवधारणा पनि आएको छ जसबाट भएका हरियाली सकिने, सवारी चापले विकास होइन विनाश पक्का छ । देश संघीयतामा गए पनि मानिसको ओइरो लाग्न यहाँ छोडेन । सन् २००१ तिरै यहाँको वायुको गुणस्तर पीएम मात्रा तोकिएको मापदण्डभन्दा चार गुणाले बढी थियो । दुई दशकपछि त अचाक्ली नै बढेको छ । गएको फागुन चैत्रको देशको मौसम र यहाँको प्रदूषणले विश्व रेकर्ड तोडेको थियो भने आँखाले बाहिर हेर्न नसक्ने अवस्था थियो । डिजेलका गाडी यहीँ बढी छन् जसले पेट्रोलको भन्दा सय गुणा बढीले वातावरणलाई प्रदूषित बनाउँछ ।
घुमिफिरी रुम्जाटार, जाडोको मौसम फेरि सुरु भएको छ । सबैले स्वास्थ्यको ख्याल गर्नुपर्ने त्यसमाथि बाल, बृद्ध, अशक्त, बिरामी, दीर्घ रोगीहरूले विशेष सावधानी अपनाउनुपर्ने बेला हो यो । हाम्रो देश सधैँ प्रदूषणमुक्त छैन, त्यसो त विकसित भनिएका देशहरू पनि यसबाट टाढा छैनन् । मौसम परिवर्तनसँगै बढी चिसो हुने, औद्योगिक कल कारखाना, घरेलु फोहोर, पुराना सवारीसाधन, विद्यमान हिलो मैलोका कारण हामीलाई सधैँ सताउने गरेको छ ।
उद्योगहरूबाट मिथेन ग्याँस पैदा हुन्छ जसबाट जन स्वास्थ्यमा हानि पुग्छ । फोहोर पदार्थ बाहिर फाल्नाले, त्यसलाई जलाउनाले, त्यसबाट उत्पन्न हुने खराब ग्याँसले क्यान्सरको लक्षण, कलेजा र नसाको समस्या, बाँझोपन, नपुंसकता आदि धेरै समस्या निम्तिन्छन् । निर्माणमा प्रयोग हुने सिमेन्टको धूलोले बाल, वृद्धहरू बढी जोखिममा पर्छन् । खेत बारीमा प्रयोग हुने रासायनिक मल, किटाणु नाशक औषधि, साग, सब्जीमा छर्कने स्प्रे अझ खतरानाक हुन्छ स्वास्थ्यका लागि । सवारीसाधनमा प्रयोग हुने इन्धन, कोइला, पेट्रोलियम पदार्थले कार्बनमोनोअक्साइड उत्सर्जन गर्छन् । ती हाम्रा शरीरमा प्रवेश गर्दै मुटुमा अक्सिजन पम्प गर्नमा अवरोध सिर्जना गर्छन् । औद्योगिक क्षेत्रमा प्रयोग गरिने काठ, कोइला, पेट्रोलियम पदार्थले नाइट्रोजन अक्साइड, कार्बनमोनोअक्साइड, सल्फरडाइअक्साइड उत्सर्जन गर्छन् जसले हाम्रो फोक्सोमा नोक्सान गर्छन् ।
दाउराको धुवाँ, राम्रो हावा नखेल्ने स्थान, धुम्रपान, घरका पर्खाल, भित्ता, झ्यालहरूमा रहेका फोहोर, खिया, ढुसीले भोलाटाइल भन्ने एक प्रकारको अर्र्गानिक कम्पाउन्ड निर्माण गरिदिन्छ, जसले जो–कोहीलाई नराम्रो असर पार्छ, रोग प्रतिरोधात्मक क्षमतामा कमी हुन्छ । पछिल्लो समय सिन्थेटिक सामग्रीको प्रयोग बढेको, कस्मेटिक सामान अनिवार्यजस्तै भएको परफ्युम भनौँ अत्तर नभई नहुने जीवनसाथीजस्तो भएकोले कोमल हाम्रो भित्री अंग फोक्सोको समस्या बढेको छ । विभिन्न संक्रामक रोगभन्दा पनि प्रदूषण हिजोआज बढी डरलाग्दो भएको छ । विश्वमै हात हतियारको होडबाजी र एचआईभीको विकराल समस्या देखिएकै हो, वायुमण्डलमा देखिएको प्रदूषण त्योभन्दा खतरानाक भएको छ अहिले ।
परम्परागत कृषि प्रणाली, घरेलु मलको प्रयोगलाई छोडेर अहिले धेरै बाली फलाउने नाममा रासायनिक मलको प्रयोग बढेको छ जसले मानव आयुलाई घटाइदिएको छ । उत्पादन वृद्धिका नाममा यस्ता मलको प्रयोगले वातावरण दूषित बनेको छ, जल चरहरू नभेटिने, बाँच्न नसक्ने भएका र माटोको उर्वरा शक्ति पनि घटेको छ । विश्वका कैयन देशको उदाहरण छ, जसमा हाम्रै छिमेकी भारत र खासगरी दिल्ली, कोलकतामा बस्नेहरूको आयु प्रदूषणकै कारण औसत नौ वर्षसम्म घटेको एक अध्ययन छ ।
युनिभर्सिटी अफ सिकागोअन्तर्गतको इनर्जी पोलिसी इन्स्टिच्युटका अनुसार भारतमा प्रदूषणको खतरा धेरै त्यसमा पनि उत्तरी क्षेत्र बढी आक्रान्त छ । भारतमा प्रदूषणका कारण मर्नेहरूको संख्यामा वृद्धि भएको छ । भारतपछि बंगलादेश यसको बढी सिकार भएको र त्यसपछि नेपाल र त्यसपछि पाकिस्तान परेको छ । एसियाको अति विकसित देश सिँगापुर निकै सफा थियो तर अहिले त्यहाँ पनि औसत आयु ३ः३ वर्ष कम भएको छ । सिँगापुर नजिकैको देश इन्डोनेसी खासगरी जाकार्ताको सरदर आर्य छ वर्षले घटेको छ । इन्डोनेसियामा सन् २०१६ मा लाखौं मानिसको अल्पायुमै ज्यान गएकामध्ये आधाआधी त प्रदूषणकै कारण पुष्टि भएको छ । सडकमा सवारी जाम त छँदै छ, विश्वमै हवाई ट्राफिक जाम पनि छ, । विगतमा यूएसएमा ठूलै डँढेलो लाग्योे, आगजनी र डँढेलोले धेरै देशलाई आक्रान्त पारेको हामीले देखेका छौँ । नेपाल यसमा अछुतो छैन गएको गृष्ममा देशैभरिको यथार्थ टाढा छैन ।
विश्व स्वास्थ्य संगठनले वायु प्रदूषणको मात्रा तोकेको छ, तर मापदण्डभित्र रहन नसक्ता एक व्यक्तिको आयु औसतमा २ः२ वर्षले घटेको उसैले भनेको छ । उसकै भनाइमा वर्षेनी संसारमा वायु प्रदूषणकै कारण ७० लाख मानिसको ज्यान जाने गरेको छ । हरेक वर्षमाझैं अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म बेलायतको ग्लास्गोमा कोप २६ सम्मेलन हुँदै छ । त्यहाँ मानव स्वास्थ्य खासगरी मुटु र फोक्सोबारे व्यापक बहस हुन्छ ।
हरेक वर्ष सवारीसाधनको धुवाँले हामी सबैलाई असर गरेकै छ, धुवाँ धुलोका कणहरू विभिन्न रसायनका कणहरूसँग मिलेर विषाक्त बनेकै छन् । विकल्पमा भनिएको विद्युतीय गाडीले पनि पखाल्दा, सफा गर्दा प्रदूषण नै फाल्छ । हावामा आँखाले नदेखिने पीएम २ः५ आकारको सानो कण हानिकारक हुन्छ, जुन हावामा फैलिएर विषाक्त हुन्छ, मानाव शरीरमा थाहै नभई प्रवेश पाउँछ । हामीले कच्चा पदार्थहरूको प्रयोग गर्दा, जलाउँदा, सवारी इन्जिनबाट निस्कने धुवाँ, घरेलु आगोबाट पनि हावामा प्रदूषण फैलिन्छ । विश्व स्वास्थ्य संगठानले तोकेको मापदण्डभित्र रहन सके अकालमा मानव मृत्यु ८० प्रतिशतले घटाउन सकिन्छ भन्छ । मापदण्डभित्र रहन नसक्दा मुटुकै कारण हृदयघात, श्वास प्रश्वासमा समस्याजस्ता रोगले जीवन अकालमा कालको मुखमा पुग्ने गरेको छ ।
सडक भत्काउँदा प्रदूषण बढ्छ, पिच गर्र्दा थप प्रदूषण हुन्छ र पिच गरेको हप्तादिनमै खाने पानी, टेलिकम, विद्युत् लाइनका कारण फेरि भत्काउँदाको प्रदूषण झन् विकराल छ हामीकहाँ, ती संस्थाहरूको समन्वय छैन । भूमिगत तारको व्यवस्थापन गर्ने अभियान अधुरो छ । उद्योगबाट हुने प्रदूषणलाई कम भएन, प्रदूषणरहित दिगो यातायात प्रणालीको विकास गर्न सकिएन, विद्युतीय गाडीहरूको प्रयोग र तिनका लागि आवश्यक पर्ने चार्जिङ स्टेसनहरूको व्यवस्था गर्न सकिएन, २० वर्षे थोत्रा गाडी विस्थापन गर्न सकिएन, काठमाडौँ भित्रिने सवारीसाधनमा निगरानी नै भएन । घरेलु फोहोरको व्यवस्थापन गर्न हम्मे हम्मे छ, ठेक्कामा दिइएको छ, महिनौँ फोहोर उठ्दैन । सबै ठूला भएका छन्, सबै दलमा लागेका छन, भूमि नै कम्पित हुने अवस्थामा छ, सरकार दलको किचलोमा रमाउँछ । फोहोर हालेका गाडीहरू सडकमा खुल्ला गुड्ने गर्छन्, मान्छेलाई मान्छेमै विश्वास छैन, सीसी क्यामेराले के हुन्छ ? ग्राहकसँग पैसा मनपरि उठाइन्छ, सेवा छैन, दशैँ बोेनस समेत भनेर थप रकम असुलिन्छ । हरियाली पर्यटन भन्छौँ हामी तर घाट, धार्मिक, सांस्कृतिक क्षेत्रबाट हुने फोहोेर मैला कम छैन, जम्बुडाँडा, आर्यघाट, स्वयम्भू, टेकु, शोभा भगवतीक्षेत्र बसिसक्नु छैन ।
हामीले इँटा, क्रसर उद्योगबाट निस्कने फोहोर तह लगाउँन जानेनौँ । प्रदूषणरहित प्रविधि राख्ने सोच नै भएन, निर्माण पुनर्निर्माणमा भविष्यको सोचै भएन, नागरिककोे स्वास्थ्यप्रति चिन्ता नै भएन । अस्पतालहरू पनि विचौलियाको हातम गयो । वातावरण स्वच्छ राख्न सडकपेटीमा रुख रोपिएन, काटियो उल्टो । राम्ररी गाडी गुडाउन नसकेको परिवेशमा रेल र पानी जहाजको गुड्डी हाँकियो, जनता ठगियो ।
नेपालको संविधान २०७२ को धारा ३० मा हरेक नेपालीलाई स्वच्छ वातावरणको हकको व्यवस्था भनियो, विदेशीलाई देखाइयो स्वदेशीको पीडा भने थपिए, घटेनन्, क्षतिपूर्ति समेत दिइन्छ भनेर झुक्याइयो । दलहरूको सडक भिडले पनि प्रदूषण बढ्यो । सडकमा टायर बाल्न ठालुहरूले नै सिकाए, ध्वनि प्रदूषण त झन् बढी भयो । देशमा भकारी होइन, भिखारी बढे ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया