Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमी प्याड ५ नेपालमा सार्वजनिक

शाओमी प्याड ५ नेपालमा सार्वजनिक


काठमाडौं । स्मार्टफोन र स्मार्ट टिभी ब्रान्ड शाओमी नेपालले शाओमी प्याड ५ को लन्च गर्दै आफ्नो शाओमी प्याडको सिरिजलाई विस्तार गरेको छ । प्रयोगकर्ताहरूको अनुभवलाई अझै उच्च स्तरमा लैजाँदै गएको शाओमी प्याड ५ एक उच्च प्रदर्शन प्रदान गर्ने स्लिक प्याड हो, जसले उत्कृष्ट सौन्दर्य पनि प्रदान गर्दछ । शाओमी प्याड ५ ले टु लाइफ भ्युइङ एक्पेरियन्स, इमर्सिभ क्वाड स्टेरियो स्पिकर र २२.५ वाटको इन–बक्स चार्जरसहित ८७२० एमएएचको उच्च क्षमताको ब्याट्री प्रस्तुत गर्दछ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले शाओमी प्याड ५ एक अल–इन–वान ट्याब्लेट भएको बताए । यसले आवश्यकताअनुसार कार्यस्थान र मनोरञ्जन उपकरण दुवैको रूपमा कार्य गर्दछ । बिल्ट–इन लो ब्लू लाइट टेक्नोलोजी र ट्रु डिस्प्लेका साथ शाओमी प्याड ५ ले आँखामा पर्ने तनावलाई न्यूनीकरण गरेर सुरक्षित र सहज दृश्यको अनुभव प्रदान गर्दछ । यसको क्वाल्कम आर स्न्याप्ड्रागन टिएम ८६० मोबाइल प्लेटफर्म र विशाल ८७२० एमएएच ब्याट्रीले यसको प्रडक्टिभिटी सुइटलाई शक्ति प्रदान गर्दछ । इमर्सिभ क्वाड स्टेरियो स्पिकरहरू भएकोले मनपर्ने टिभी कार्यक्रम हेर्नको लागि इमर्सिभ मनोरञ्जन उपकरणको रूपमा यसलाई प्रस्तुत गरिएको छ । साथै यसमा ८ एमपीको फ्रन्ट क्यामेरा र १३ एमपीको एकल क्यामेरा रहेको छ ।

शाओमी प्याड ५ को इमर्सिभ ११–इन्चको डिस्प्लेले उत्कृष्ट दृश्य प्रस्तुत गर्नको लागि यसको उच्च डब्लुक्युएचडी प्लस १२० हट्र्जको रिफ्रेस रेट प्रदान गर्दछ । ट्रु डिस्प्ले टेक्नोलोजी सँग सुसज्जित रहेको शाओमी प्याड ५ ले वातावरणीय बिजुलीमा आधारित थप सटीक र रियल–टु–लाइफ छविहरू प्रदान गर्न यसको डिस्प्लेलाई एड्जस्ट गर्दछ । सनलाइट डिस्प्लेको सपोर्टको साथ, शाओमी प्याड ५ ले प्रयोगकर्ताहरूलाई उज्यालो सूर्यको प्रकाशमा पनि स्पष्ट, तीखा छविहरू हेर्न मद्दत गर्दछ । शाओमी प्याड ५ ले डल्बी एटमस आरद्वारा सञ्चालित इमर्सिभ ध्वनि अनुभव पनि प्रदान गर्दछ ।

कम्पनीका अनुसार शाओमी प्याड ५ एक स्टाइलिस उपकरण हो । हल्का तौल, स्लिम डिजाइन फिचर गर्ने शाओमी प्याड ५ पोर्टेबल छ । यसलाई सहज रूपमै झोलामा राखेर हिडडुल गर्न सकिन्छ । शाओमी प्याड ५ दुई रङका विकल्पहरू, कस्मिक ग्रे र ल्युमिनिसेन्ट पर्ल वाइट रंगमा उपलब्ध रहेको छ, जसमा दुवैलाई शाओमी ११ सिरिजको क्यामेरा डिजाइनसँग सुसंगत आइकोनिक रियर क्यामेरा डेको शैलीद्वारा प्रस्तुत गरिएको छ ।

कम्पनीका अनुसार ६ जीबी/२५६ जीबी शाओमी प्याड ५ को मूल्य ४९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यस्तै ६ जीबी/१२८जीबीको मूल्य ४४ हजार नौ सय ९९ रुपैयाँ कायम गरिएको छ । शाओमी प्याड ५ कात्तिक २१ गतेदेखि कस्मिक ग्रे र पर्ल वाइट रंगमा नेपालको सबै आधिकारिक स्टोरहरुमा उपलब्धरहेको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x