मंगलम पाइप्सद्वारा नेपाल प्रहरीका प्लम्बर टेक्निसियनमा तालिम प्रदान
काठमाडौं । युके एडको सहयोगमा यूएनओपीएस र प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशानलय नक्सालद्वारा ‘ट्रेनिङ फर प्लम्बर टेक्निसियन’ तालिम कार्यक्रम सञ्चालन गरिएको छ । विगत केही हप्तादेखि प्रहरी प्रधान कार्यालय नक्सालमा सञ्चालन हुँदै आइरहेको कार्यक्रममा राम्रा र गुणस्तरीय नेपाली ब्राण्डहरुलाई तालिम प्रदान गर्न गरिएको निमन्त्रणालाई स्वीकार गर्दै मङ्गलम पाइप्सले तालिम प्रदान गरेको हो ।
सो ट्रेनिङमा मंगलम पाइप्सले आफ्नो उत्पादनहरुको विषयमा जानकारी तथा प्लम्बरहरुलाई प्लम्बिङ गर्दा आउने समस्याहरु, सामान रोज्दा ध्यान दिनुपर्ने कुरा, प्रेसर टेस्टिङको आवश्यकता र त्यसको उपयोग गर्ने सही तरिकालगायत सफल प्लम्बर हुनको लागि चाहिने महत्वपूर्ण कुराहरुको विषयमा जानकारी प्रदान गरेको थियो ।
कार्यक्रममा मंगलम पाइप्सको तर्फबाट मनोहर पौडेलले मङ्गलमको उत्पादन र प्लम्बिङसम्बन्धी जानकारी दिएका थिए । तालिम सञ्चालक समितिका को–अर्डिनेटर र सदस्य साथै भौतिक परियोजना प्रहरी कार्यालयअन्तर्गत प्रशासनिक कार्यमा कार्यरत रहेका पुरुषोत्तम माझीले प्रहरीमा आबद्ध भई जागिर गरिरहेका टेक्निसियनहरुको सीप तथा ज्ञानको वृद्धि विकासलाई मध्यनजर गरेर यो कार्यक्रम आयोजना गरिएको बताए । यस्तो तालिमको पहिलोपटक आयोजना गरिएको उनको भनाइ थियो ।
कार्यक्रमका पर्यवेक्षक एवम् २३ वर्षदेखि प्लम्बिङ क्षेत्रमा आबद्ध साथै २१ वर्षदेखि नेपाल प्रहरीमा कार्यरत रहेका ज्ञानचन्द्र पाहा श्रेष्ठले सीटीईभीटीमा पहिलेदेखि तालिम पठाउँदा खर्चिलो हुने र खोजेकोे उपलब्धि नपाएको हुनाले पहिलो पटक यो तालिम प्रहरी कार्यालयमा सञ्चालन गरेको बताए । यस्तो उपलब्धिमूलक कार्यक्रम गर्नाले नयाँ पुराना सबै टेक्निसियनहरुलाई नयाँ प्रविधि उत्पादनको जानकारी हुने र थप ज्ञान हासिल हुने उनको भनाइ छ ।
बजारमा रहेका राम्रा उत्पादनकर्ता कम्पनीहरुले टेक्निसियनको थप वृद्धि विकासको लागि आफ्नो पाइप र फिटिंग्सहरु ग्यारेन्टीका साथ उपलब्ध गराइदिनुपर्ने पनि उनले बताए । टेक्निसियन र प्लम्बरहरुलाई केही समस्या परेमा वा दुर्घटनामा पर्दा कम्पनीले आफ्नो तर्फबाट बीमा तथा केही राहत र आर्थिक सहयोगहरु पनि प्रदान गरिदिनुपर्नेमा उनले जोड दिए । मंगलम इन्डस्ट्रिज प्राइभेट लिमिटेड नेपालको पहिलो सीपीभीसी पाइप र फिटिंग्स उत्पादक तथा नेपालको पोलिमर पाइपिङ प्रणालीका अग्रणी उत्पादक र निर्यातकर्ता हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया