राष्ट्रिय जनगणनामा सक्रिय सहभागी हुन उपराष्ट्रपतिको अपिल
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय जनगणनामा सक्रिय सहभागी हुन सबै देशवासीलाई अनुरोध गरेका छन् । बाह्रौँ राष्ट्रिय जनगणना–२०७८ प्रारम्भको अवसरमा सन्देश दिँदै उनले राष्ट्रिय उत्सवका रूपमा सुरु भएको यस राष्ट्रिय अभियानलाई सफल बनाउन अनुरोध गरेका हुन् । जनगणना तथ्यांक प्रणालीको मेरुदण्ड र विकासको आधार भएकाले जनताको जीवनस्तर, कुल जनसंख्या, जातीय, भाषिक, धार्मिक समुदाय तथा भौगोलिक अवस्थितिको जनसंख्या यसैबाट प्राप्त हुने उपराष्ट्रपतिले बताएका छन् ।
जनगणनाबाट प्राप्त तथ्यांकका आधारमा नै विकास निर्माणका योजना तर्जुमा, सामाजिक सुरक्षा कार्यक्रम तय, शिक्षा, स्वास्थ्य र सुरक्षाजस्ता संविधानप्रदत्त जनताका मौलिक हक अधिकार तथा आधारभूत आवश्यकता पूरा गर्न आवश्यक पर्ने स्रोतको आकलन गरिने भएकोले जनगणना सरकारको मात्रै नभएर आम जनताको आवश्यकता भएको बताएका छन् । उनले नेपालमा जनगणना सुरु भएको शताब्दीभन्दा बढी भइसके पनि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछिको पहिलो जनगणना भएकोले बाह्रौँ राष्ट्रिय जनगणनाको विशिष्ट महत्व रहेको बताए ।
उपराष्ट्रपति पुनले जनगणनाका लागि घर–आँगनमा आउने गणकलाई निर्धक्क आफ्नो सत्य तथ्य विवरण उपलब्ध गराई सहयोग गर्न अपिल समेत गरेका छन् । उनले राष्ट्रिय जनगणनामा प्रत्येक नेपाली जनताले दिने व्यक्तिगत विवरणलाई जस्ताको त्यस्तै उल्लेख गरी यथार्थ विवरण संकलन गर्न सम्पूर्ण गणकलाई आग्रह गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बक्यौता उठाउन प्राधिकरणको नयाँ जुक्ति
- पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया