लक्ष्मी लघुुवित्तको नाफा चार करोड ६६ लाख
काठमाडौँ । लक्ष्मी लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चार करोड ६६ लाख ८८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ७७ लाख तीन हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ३२ करोड ४५ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा दुई अर्ब १६ करोड ५८ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ७३ करोड ६६ लाख ३९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा १३ करोड ५५ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड चार लाख ५७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ७९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ६९ करोड ७७ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ७९ करोड ५९ लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा ११ करोड २२ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ३१ लाख ७१ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव शून्य दुई प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
- ५५ करोड बराबरको अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ
- ‘अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनुपर्छ’
- कार्टेलिङ गरी सिमेण्टमा मूल्यवृद्धि
- विराटनगरमा मैथिली भाषाको अन्तर्राष्ट्रिय अवार्ड हुने
- नयाँ स्टक एक्सचेन्ज र पुँजीबजार
- राजनीतिकोे उतारचढावमा सेयरबजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया