बैंक तथा फाइनान्स कम्पनीहरूद्वारा छ खर्ब ४८ अर्ब रुपैयाँको अन्तरबैंक कारोबार
काठमाडौँ । बैंक तथा फाइनान्स कम्पनीहरूले छ खर्ब ४८ अर्ब ३१ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, १८ क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरूले उक्त उक्त परिमाणमा अन्तरबैंक कारोबार गरेका हुुन् ।
सोमध्ये वाणिज्य बैंकहरूले मात्र चालू आवको दुुई महिनामा पाँच खर्ब ५७ अर्ब ३० करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । यसबाहेक विकास बैंक र फाइनान्स कम्पनीहरूले भने यस अवधिमा थप ९१ अर्ब एक करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका छन् । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरूले ३७ अर्ब ६२ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए ।
जसमध्ये वाणिज्य बंैंकहरूले मात्र सात अर्ब ३८ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए भने अन्य विकास बैंक तथा फाइनान्स कम्पनीहरूले ३० अर्ब २४ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए । सोही आधारमा २०७७ भदौमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर शून्य दशमलव १३ प्रतिशत रहेकोमा २०७८ भदौमा तीन दशमलव ९८ प्रतिशत राष्ट्र बैंकले जनाएको छ ।
वाणिज्य बैंकहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७७ भदौमा शून्य दशमलव शून्य आठ प्रतिशत रहेकोमा २०७८ भदौमा चार दशमलव ७५ प्रतिशत रहेको छ । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रूपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७८ भदौमा चार दशमलव ६८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर शून्य दशमलव २१ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूको औसत आधार दर २०७७ भदौमा सात दशमलव ८३ प्रतिशत रहेकोमा २०७८ भदौमा छ दशमलव ८९ प्रतिशत कायम भएको छ । २०७८ भदौमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर चार दशमलव ९२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर आठ दशमलव ५७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरू क्रमशः पाँच दशमलव ६१ प्रतिशत र १० दशमलव १८ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
- ५५ करोड बराबरको अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ
- ‘अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनुपर्छ’
- कार्टेलिङ गरी सिमेण्टमा मूल्यवृद्धि
- विराटनगरमा मैथिली भाषाको अन्तर्राष्ट्रिय अवार्ड हुने
- नयाँ स्टक एक्सचेन्ज र पुँजीबजार
- राजनीतिकोे उतारचढावमा सेयरबजार
- कोही जिम्मेबार नहुँदा थला परेको विकास
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया